“रास्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको नवनिर्मित भवन उद्घाटन’
भरतपुर महानगरपालिका वार्ड नम्बर ७ मा अवस्थित रास्ट्रिय माध्यमिक विद्यालयको ३ तले नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्द्घाटन भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि रेणु दाहालले यस विद्यालयको लागी आवश्यक पर्ने शैक्षिक पुर्वाधार निर्माणका लागि भरतपुर महानगर प्रमुखको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । विशिस्ट अतिथी महानगर शिक्षा एकाई प्रमुख महेन्द्रपाैडेल ,विशिष्ट अतिथि धर्मराज प्रसाईं, अतिथि भरतपुर माहानगर अधिकृत ऋषिराम शर्मा, अतिथि ईन्जिनियर घनस्याम मिश्र,अतिथि वडा सदस्य सरिता पाठक ,बुद्धि प्रसाद सापकाेटा, राजेन्द्र बहादुर तमाङ्ग, रिता दर्जि लगाएत यस कार्यक्रममा समाजसेवी तथा चन्दादाता संस्थापक अध्यक्ष राममणि उपाध्याय , पुर्ब अध्यक्ष झुल प्रसाद पाैडेल , रामराज पाैडेल , डिल्लिराम सुवेदी ,गुरु प्रसाद लामिछाने,, र नेपाली काँग्रेस अध्यक्ष बिनाेद ढकाल, ने क पा ए माले का अध्यक्ष , ने क पा माअाेबादिका अध्यक्ष लगाएतसबै पाट्रि प्रतिनिधिकाे उपस्थिति थियाे ।पुर्ब प्रधानध्यापक, पुर्ब शिक्षक, चन्दादाता लगायतसबैको उपस्थिती थियाे । प्रअ टंक प्रसाद न्याैपानेले विद्यालयको गुणस्तर बुद्दि गर्न सबैकाे सहयाेगआवश्यक रहेको र विद्यालयको शैक्षिक गुण स्तर बृद्दि गर्न हरेक कक्षाकोठामा प्रविधिको पहुच आवश्यक रहेको बताउनुभयो । सहायक प्रअ बाबुराम पाैडेलले यस विद्यालयको शैक्षिक गुण स्तर वृद्धि गर्न र विद्यालयको स्तर बृद्दि गर्न सबै क्षेत्र बाट लागिपर्नुपर्ने बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भरतपुर ७ का वडा अध्यक्ष समाजसेवी चन्दादाता सहकारि अभियान्ता राजेन्द्रमणि काफ्लेले विद्यालय भवनकाे निर्माण, शैक्षिक विकास ,पुस्तकालय तथा सम्पुर्ण शैक्षिक विकासकाे लागि आफू सदैव लागि पर्ने बताउनु भयाे। उक्त कार्यक्रममा पर्व शिक्षक अनिलराज पाैडेल र निबर्तमान अध्यक्ष धर्मराज प्रसाईलाई सम्मान गरिएकाे थियाे उक्त कार्यक्रम विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र मणि काफ्लेकाे अध्यक्षतामा सम्पन्न भयाे ।