पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

Spread the love

टिकाराम भन्डारि

नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिका ४ स्थित एक होटलमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको ऋषिङ – २ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार – ३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

नक्कली नोटसहित बुधबार पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा छाप्ने मेसिनसमेत भएको पत्ता लागेको थियो। पक्राउ परेकाको बयानपछि नक्कली नोट छापेर कारोबार गर्ने अरु पनि भएको आशंकामा प्रहरीले गिरोहको खोजीकार्य थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *