प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइयाे

Spread the love

पूर्ण चन्द्र चापागाई २०८० साल असोज २१

देशमा माैलाइरहेकाे कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते मानव अधिकार तथा शान्ति समाज चितवनले जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री लाई लेखिएको ज्ञापनपत्र, प्रमुख जिल्ला अधिकारीलाई बुझाउने कार्यक्रम सम्पन्न गरियाे ।
तीनै तहको अदालतले दाेषी ठहर गरेका पात्रलाई राष्ट्रपतिद्वारा माफी दिने निर्णय लज्जास्पद छ । वालुवाटार जग्गा प्रकरणमा सर्वाेच्च अदालतको आदेश अनुरुप पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि छानबिन गरि कारवाहि , सुनकाण्ड र भुटानी शरणार्थी प्रकरणका मूल दाेषीहरुलाई कारवाही , फागुन १ गते `जनयुद्ध दिवस´ भनी बिदा दिने आपत्तिजनक सरकारी निर्णय खारेजी लगायतका १० बुदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई , प्रमुख जिल्ला अधिकारी मार्फत बुझाइयाे । साे ज्ञापनपत्र शान्ति समाजका केन्द्रीय उपसभापति श्री राजेन्द्र पाैडेलले वाचन गरेपछि शान्ति समाजका जिल्ला उपसभापति भवानी अधिकारी , सचिव जीवन के सी लगायतकाे उपस्थितिमा शान्ति समाजका जिल्ला सभापति श्री शम्भु राउतले प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको थियो ।
उक्त प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा शान्ति समाज चितवन शाखाका सह सचिव संसार चन्द्र न्याैपाने , जिल्ला सदस्यहरु सुशील राना , झलक प्रसाद अधिकारी , सुप्रिया सापकोटा , राजेन्द्र प्रसाद वाग्ले , सुमि गाैतम , विश्वराज ढुंगाना , माया पाेख्रेल , लक्ष्मी सुवेदी , रुविसा काेइराला , निमा बुढा , बिनु वि सी , भाेजराज चापागाईं , शाेभाखर भूषाल , बलराम तिमिल्सिना , रीता भट्टराई लगायतका अधिकारकर्मि हरुकाे उपस्थिति रहेकाे थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *