संस्कारको १३ औं पुण्य तिथिमा ४६ जनाद्वारा रक्तदान
पूर्ण चन्द्र चापागाई, भरतपुर चितवन, असोज १८ गते
स्व. खिमानन्द न्यौपानेको १३ औं पुण्यतिथि तथा गहुँत ग्रहण समारोह सहित समाजसेवी तथा अगुवा स्व. खिमानन्द न्यौपानेका छोरा हरि प्रसाद न्यौपानेको रक्तदानप्रति रहेको सेवाभावले चितवन जिल्लाभित्र रहेका विभिन्न अस्पतालहरुमा रगतको अभावले छटपटिएका विरामीहरुलाई रक्तदान मार्फत परिपूर्ति गर्ने अभियान आफ्नो बुबा क्यान्सरको विमारीबाट पिडित भएदेखि विगत २ वर्षअघिदेखि नै यस क्षेत्रमा काम गर्दै आउनु भएको र त्यसैको प्रेरणाबाट प्रेरित भई रक्तदान जस्तो महान कार्य जुनसुकै बेलामा पनि गर्न सकिन्छ भन्ने कुरा समाजलाई बुझाउनका लागि पनि न्यौपाने परिवारबाट यो रक्तदान महादान भन्ने महाअभियानमा जुटेको भन्ने कुरा हरि न्यौपानेले बताउनु भएको छ ।
आजका प्रथम रत्तदाता मृत्यु संस्कारलाई नियमितता प्रदान गर्नुहुने गुरु कृष्ण हुनुहुन्छ, उहाँले संस्कारले मानवसेवालाई नछेक्ने र यो समय सान्दर्भिक रुपमा परिवर्तित गर्न सकिने हुँदा यस शुभकार्यको थालनी धर्म गुरु आफैले रक्तदान आफैबाट शुरुवात गर्नुहुदै र यस महान अभियानको सारथि बन्नु हुदै यस कार्यमा सहभागी हुँदै गर्दा मानवीय सेवामा पनि त्यत्तिकै लगाव हुनु पर्नेमा जोड दिनुभएको थियो । यस कार्यक्रमलाई शुरुवात गर्दै प्रमुख अतिथि त्रिलोचन कडेल, माडी रेडक्रसका अध्यक्ष भागिरथ बश्याल लगायतका माडीदेखि भरतपुरसम्मका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा श्रद्धाञ्जलीसभापछि १ मिनट मौन धारण गरी प्रमुख अतिथि चितवन उद्योग संघका अध्यक्ष श्री त्रिलोचन कडेलले रक्तदान र यसको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन माडी ४ निवासी शिक्षक विपिन पाठकले गर्नु भएको थियो । मिति २०८०/०६/१८ गतेका दिन माडी ४ खैरहनी हाल भरतपुर मा.न.पा.४ चोक (भगवती टोल) निवासी ,खैरहनी मा.वि.का पुर्व विद्यार्थी ,युवा समाजसेवी हरी न्याैपानेले स्वर्गीय हजुरबुबा केशवराज न्याैपानेकाे स्मृतिमा र बुबा खिमानन्द न्याैपानेकाे १३ अाै दिनको पुण्य तिथिका दिन यस खैरहनी माध्यमिक विधालयमा रु २५,०००/- (अक्षरुपी पच्चीस हजार रुपैया )काे अक्षयकोष स्थापना गर्नुभएको छ, सो अक्षयकोष रकम विधालय व्यवस्थापन समितिका अध्यक्ष सुवास कुमार तिवारीलाई एक कार्यक्रममा विच आफ्नै निवासबाट हस्तान्तरण गर्नुभएको थियो । दुखद घडीमा पनि मानव सेवा मा अक्षयकोष स्थापना गर्नुभएको छ ।