पौराणिक इतिहासको चक्रतीर्थ धामलाई वर्तमानसँग जोड्ने प्रयास गर्दै
पूर्ण चन्द्र चापागाई, भरतपुर चितवन, असोज १७ गते
हिन्दूधर्मशास्त्रहरू र भारतवर्षको पौराणिक इतिहासलाई अध्ययन गर्दै गर्दा चितवनको माडी बरुवा स्थायी घरभई हाल अमेरिकाको टेक्सास राज्यमा बस्दै आउनु भएका ईन्जिनियर प्रोफेसर ई. थलराज पन्तको अध्ययन, अनुसन्धानले बताउनुभए अनुसार इतिहासको ६ करोड वर्षदेखि २० करोड वर्षसम्मको बीचमा बन्न गएको शालिग्राम पाइने स्थान नेपालको माडीको सोमेश्वर पहाड श्रृङ्खला, महेश्वरी गङ्गा (मगुई खोला) र कालिगण्डकी क्षेत्रभित्र पर्ने कुरा अध्ययन, अनुसन्धान तथा धार्मिक अभिलेखहरूमा पाइन्छ । चक्रतिर्थधामले माडीको सबै क्षेत्र सोमेश्वर पर्वत श्रृखला हुँदै त्रिवेणीको वाल्मीकी आश्रमसम्म जोड्ने कुराको समेत अध्ययनले देखाएको बताइन्छ । यस्तो ईतिहास बोकेको विश्वदेखि नेपालसम्मकै सभ्यता बोकेको स्थान चितवनको माडी क्षेत्र पनि हो । पर्यटकीय, ऐतिहासिक, धार्मिक लगायत आधुनिक कृषि फार्मका समग्र विकासको सम्भावना बोकेको माडी नगरपालिका हुदै गर्दा,प्रकृतिले सिँगारेको माडी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना उच्च रहँदारहँदै पनि पर्यटकीय विकास भने ज्यादै न्यून रहेको कुरा सर्वविदितै छ । पर्यटकीय विकासमा टेवा पु¥याई देशले बोकेको आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउनुका साथै हाम्रो सनातन धर्मको पनि संरक्षण र पुरातत्वको जगेर्नाको सोचले सोमेश्वरगढीको फेदिमा रहेको माडी वडा नं ४ को रेडहिल पार्कको क्षेत्रभित्र अवस्थित हरिहर मन्दिर र महेश्वरी नदीको नजिक तथा पायक पर्ने स्थानमा एक बृहत तथा दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो शालिग्राम स्थापना गर्नको लागि बृहतशिलाको आधारशिलामा चारैदिशाबाट व्यवस्थित गरी १०८ प्राकृतिक रुपमा पाईएका शालिग्रामलाई राखिने गरी एउटा नयाँ अवधारणा सहितको छलफल स्थानीय अगुवा हरि प्रसाद न्यौपानेले वडा नम्बर ४ बाट शुरु गरी समग्र माडीबासी अगुवामाझ पु¥याउनु भयो जस अनुसार माडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष माधव प्रसाद चापागाईको विशेष सहभागिता तथा अगुवाई र माडी नगरपालिकाका मेयर ताराकाजी महतो, उप मेयर खेम प्रसाद महतो र माननीय सांसद चितवन ३(ख)– ठाकुर प्रसाद ढकाल ज्यू को विशेष सल्लाह, सुझाब अनुसार स्थानीयस्तरबाट एउट समितिको निर्माण गरिएको छ जस अनुसार ः–
अध्यक्ष (संयोजक) ः भागिरथ बश्याल, उपाध्यक्षहरू ः विष्णु अधिकारी (आर्थिक श्रोत अमेरिका÷विदेश), सुवास कुमार तिवारी (सूचना तथा सञ्चार ), हरि प्रसाद न्यौपाने (शालिग्राम खोज, स्थापना तथा अर्थ समन्वय), कुश्माखर चापागाई (मञ्च तथा शालिग्राम स्थापना स्थानीय), कृष्ण पाठक(शालिग्राम शिला खोज व्यवस्थापन), लक्ष्मी प्रसाद पराजुली( पण्डित सनातन संस्कृति ), सचिव ः पूर्ण चन्द्र चापागाई,सहसचिव ःलेखनाथ भुसाल, कोषाध्यक्ष ःखेम प्रसाद पाठक, सहकोषाध्यक्ष ः इन्दिरा महतो, सदस्यहरू ः १. दिनेश्वर महतो , २. गोविन्द अधिकारी ३. लिला सापकोटा, ४. सावित्री सुवेदी पाण्डे ५. चित्रकला रानाभाट ६. नन्दकला अधिकारी ७. अप्सरा नेपाली तामाङ्ग ८. नारायण दवाडी (गोद्धक प्रतिनिधि)९.रामधाम प्रतिनिधि १०. खेम प्रसाद चापागाई (वन प्रतिनिधि) ११. जनजाति महिला प्रतिनिधि, सल्लाहकार ः १. संयोजक ः माननीय सांसद चितवन ३(ख)– ठाकुर प्रसाद ढकाल, सल्लाहकारहरू २. मेयर माडी न.पा.– ताराकाजी महतो ३. उपमेयर माडी न.पा.– खेम प्रसाद महतो ४.माडी न.पा. पर्यटन संयोजक तथा वडा नं. ४ अध्यक्ष, – माधव प्रसाद चापागाई ५. ई. थलराज पन्त ६. कोमलनाथ भुसाल ७. प्रभु प्रसाद महतो ८. नारायण प्रसाद रिजाल ९. तुलाराम दवाडी ( ४), १०. कृष्ण बहादुर भुजेल ११. अधिवक्ता गोपिलाल देवकोटा, १२. सुदर्शन सुवेदी
। जसको आर्थिक, भौतिक तथा नैतिक लगायतका सहयोग तथा समर्थनको लागि माडीबासी लगायत नेपालैभरिको यो गौरवको प्रोजेक्ट बन्नसक्ने हुँदा देश तथा परदेशमा रहनुहुने महानुभावहरूले आ आफ्नो तर्पmको दायित्वबोध बहन गर्दै यो धार्मिक तथा जैविक विषयको अध्ययन, अनुसन्धान, सांस्कृति, धार्मिक विकासको संरक्षणको पवित्र महाअभियानमा जोडिनको लागि चक्रतीर्थधाम चितवन, नेपालले सम्बन्धित सबैमा अनुरोध गरेको छ । यस्तो बृहत स्तरको चक्रतिर्थधामको लागि पहल कदमी शुरु हुनु माडीबासी लगाएत चितवनबासीकै गौरवको विषय हुन सक्छ ।