समाचार

राेटरि करुणालय बृद्धआश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न

Spread the love

पूर्ण चन्द्र चापागाई १४ असोज,भरतपुर

जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले देवघाटमा रहेको रोटरि करुणालय बृद्धआश्रममा रहेका जेष्ठ नागरिकहरुलाइ खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा शाखा सभापति शम्भु राउत ,सह सचीव संसार चन्द्र न्योपाने कायसमिती सदस्य झलक प्रसाद अधिकारी राजेन्द्र प्रसाद वाग्ले सुपीर्या सापकोटा आजिवन सदस्य पुणचन्द्र चापागाई , सदस्य रुबिशा कोइराला सुमि गौतम बिश्वराज ढुंगाना सुबर्ण रेग्मी को सहभागीता रहेको शाखा सचिव जिवन के सिले जानकारि दिनुभएको थियो । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय नीति अनुसार देशैभरका शाखाहरूमा जेश्ठ नागरिक दिवसको उपलक्ष्यमा फलफुल, खाना लगायतको सहयोग राअर्थिक रुपमा सहयोग समेत गरी मनाउदै आइएको छ । हालको एकात्मक खालको परिवारले ल्याएको समस्या र बैदेशिक रोजगारी तथा बैदेशिक शिक्षा, यात्रा लगायतका परिस्थितिले निम्त्याएका समस्यको चाङ रहेको परिप्रेच्छेमा बृद्द हुनुभएका जेश्ठ नागरिक बुबा आमाहरूले पाउनु पर्ने सेवा सहयोग र सुबिधाका लागि राज्यका तिनै तहका सरकार, सरकारी, गैर सरकारी निकायबाट मात्र नभै ब्यक्तिगत रुपमा पनि सेवाभावको दृश्टिले गरिने सेवाका कामले समाजको हरेक तह र तप्कामा रहेर तन मन र धनले समाज सुधारको लागि गरिने कार्य जस्तै यो जेश्ठ नागरिक दिव्वसमा जेश्ठ नागरिकको साथमा रहेर सेवा गर्न पाउनु नै आफ्नोतर्फबाट गरिने कर्तब्य पूरा गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *