समाचार

शिक्षक प्रती निर्दयी बन्दै सरकार

Spread the love

नेपाल राहत शिक्षक केन्द्रिय समितिको नेतृत्वमा विगत लामो समय देखि चलिरहेको शान्तिपूर्ण आन्दोलनमा आज प्रहरीले हस्तक्षेप गरेको छ। माइतिघर मन्डला देखि शान्तिपूर्ण आन्दोलनको शुरूवात गर्दै गर्दा प्रहरीले लाठीचार्ज गरेको थियो।सोही हस्तक्षेपमा परेर धेरै शिक्षकहरु घाइते हुनुभएको छ। केही शिक्षक अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ भने केही सामान्य उपचार पछि पुन आन्दोलनमा नै बिरोध प्रदर्शन गर्नुभएको थियो।यस आन्दोलनमा शिक्षकहरूमाथी लाठीचार्ज गर्नु सरकार पक्षको गैरजिम्मेवारीपुर्ण कार्य रहेको सम्पुर्ण आम जनसमुदायको गुनासो रहेको छ।सरकारले अब पनि वेवास्ता गरेमा आन्दोलन अझै स-शक्त ढङ्गले अगाडी बढाउने राहत शिक्षक केन्द्रिय समितिले सडकबाटै घोषणा गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *