नेपाल प्रेस युनियन चितवन शाखाको गम्भिर ध्यानाकार्षण

Spread the love

भरतपुर चितवन, पूर्ण चन्द्र चापागाई
मिति २०८० भदौ ०४ गते नेपाल प्रेस युनियनका अध्यक्ष अनिल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि मिति २०८० भदौ ४ गतेका दिन समाचारका विषयलाई लिएर गैंडाकोटको अक्सफोर्ड कलेजका केहि व्यक्तिहरुले चितवनका दुई सञ्चारमाध्यमको कार्यालयमा पुगेरै धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियन चितवन शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । गत साउन ३१ गते भरतपुर ९ स्थित टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले गराएको दुर्घटनामा बसका चालक लागूऔषध सेवन गरेको पुष्टि भएको विषयमा चितवन पोष्ट दैनिक र नारायणी अन लाईन डटकममा प्रकाशित समाचरलाई लिएर ती संचार माध्यमको कार्यालयमै पुगेर अक्सफोर्डका संचालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको समूहले नेपाल प्रेस युनियन चितवनका सचिव पत्रकार राजु चौधरी र युनियनका सदस्य समेत रहेका पत्रकार गोविन्द अर्याललाई गुण्डागर्दी शैलीमा दुव्र्यवहार र धम्की दिएकोमा खेद प्रकट गर्दै घोर भत्सर्ना गर्दछौं । यस घटना स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ । तसर्थ पत्रकारहरुलाई सुरक्षाको प्रत्याभूति गराउन र दोषी माथि कडा कारवाही गर्न स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौं भनी भनिएको छ । पत्रकार देशका गहना हुन् पत्रकारिता जगत देशकै चौथो अंग हो, यसमाथि बारम्बार चुनौति आउनु भनेको राज्यका संयन्त्रमाथिको चुनौति हो भन्ने कुरा पत्रकारजगतले महसुस गरेको छ त्यसकारण सम्बन्धित निकायको ध्यान सम्बन्धित विषयमा समयमै पुग्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *