चितवनकाे नारायणगढमा विभिन्न झाँकी सहितको लाखे नाच प्रर्दशन

Spread the love

पुर्णचन्द्र चापागाई
श्रावण शुक्ल पञ्चमी अथवा नागपञ्चमीको अवसर पारी भाद्र ५ गते बेलुकाको समयमा चितवनको नारायणगढ बजारमा नारायणगढबासी नेवार समुदायको अगवाईमा लाखेनाच सहित विभिन्न ऐतिहासिकता झल्कने झाँकी र प्रर्दशनहरु गरिएको थियो । विभिन्न किसिमका चाडवर्पको अवसर पारेर गरिने यस्ता प्रकारका झाँकी, प्रर्दशन लगायतले नेपालको सांस्कृतिक परम्परा झल्कने गर्दछ । यस्तै यस्तै सास्कृतिक कार्यक्रमहरुबाट नै देशमा रहेका विभिन्न समुदायका सस्कृतिको प्रवद्र्धन, संरक्षण हुन जान्छ ।
यो दिनलाई हिन्दूमात्रले एक ऐतिहासिक चाडको रुपमा लिने गरेको पाईन्छ, वैदिक धर्म दर्शनका अनुसार १२ किसिमका नागहरुको पूजा अर्जना गरी १२ वटै नागहरुको उपस्थिति भएको मानी सबै नागहरुलाई सम्झी प्रत्येक घरहरुको मूल ढोकामा पूजा गरी नागको फोटोहरु टाँस्ने प्रचलन पनि रही आएको पाईन्छ । प्रचलन अनुसार भाञ्जा, ज्वाई, जजमान कोही पनि नभए शुध्द ब्राह्मण त्यो पनि सम्भव नभए घरको घर मूलीबाट आफ्नो खेतमा बनाएको नागको थानमा पूजा गरी घरको मुख्य धारामा, मूल ढोकाको माथि पनि पूजा गरी नागको पूजा अर्जना गर्ने गरेको पाईन्छ ।
श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ९आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरू ल्याउने र टाँस्ने पुरोहितहरूलाई जजमानले दक्ष अनुसारको दक्षिणा, नैवेद्य र भोजन पनि गराउने चलन छ ।नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्म जयले बुवाको मृत्युको प्रतिशोध कालागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ सुरु गर्दछन् जसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्म जयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्ममयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् आजैको दिन पुनर्जीवन पाएका हुन् । यस दिन नाग देवताको पूजा अर्चना कालागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा ९अर्थात् भुटेर फूल उठेको धान० चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *