दाेषि उपर कडा कारवाहिकाे माग
देवराज थपलिया / पुर्णचन्द्र चापागाई
२०८० भदौ ४ गते चितवन पोष्टका प्रबन्ध निर्देशक गोविन्द अर्यालबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि यस चितवन पोष्ट दैनिकको २०८० साल भदौ ४ गते प्रकाशित अक्सफोर्र्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि शिर्षकको समाचारका विषयलाइ लिएर अक्सफोर्ड कलेजका सञ्चाालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको टोलिले यस पत्रिकाको कार्यालयमा आई धम्कीपूर्ण भाषा प्रयोग गरी पत्रकार सञ्चारकर्मीहरुलाई आतंकित पार्ने कामप्रति यस यश चिरफार खवरकाे गम्भीर ध्यानाकर्षण भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र चितवन मेडिकल कलेजको आधिकारिक सूचनामा चितवन पोष्ट दैनिकले समाचार प्रकाशन गरेको हो । समाचार माथि चित्त नबुझे कानूनी प्रकृयामा जान सकिने अवस्थामा पनि सञ्चार माध्ययमको कार्यालयमा आई धाकधम्की एवम् चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याई छ । समाचार सत्यतथ्य हँुदाहुँदै पनि सञ्चारमाध्ययमको कार्यालयमै आई धाकधम्की दिनुले हामी असुरक्षित महसुस गरेका छौं । सुरक्षाको प्रत्याभूति दिलाई दिनु हुन जिल्ला प्रशासन कार्यालय चितवन समक्ष आग्रह गर्दछौं भनिएको छ । नेपालको संविधान र कानूनले चौथो अंगको रुपमा अंगिकार गरेको पत्रकारिता जगतलाई यसरी धाकधम्कीपूर्ण भाषामा आफ्नो कार्यप्रति गहन असर पर्ने गरी गरिएको कार्यलाई समग्र पत्रकारिता जगतले भर्सना गर्नु नै पर्ने हुन्छ ।