श्री राष्ट्रिय माध्यामिक विध्यालय महादेवटारकाे स्वर्ण महाेत्सव तथा ५० अैा अभिभावक भेला सम्पन्न ।
राप्ति नगर पालिका १ पिप्ले श्री रास्ट्रिय माध्यामिक विद्यालय माहादेवटार काे स्वर्ण महाेत्सव तथा ५० अैा अभिभावक मेला सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री कुमारी मोक्तान , विशिष्ट अतिथी बाग्मती प्रदेश सभासद रिना गुरुङ, विशिष्ट अतिथी राप्ती नगर प्रमुख प्रभा बराल, विशिष्ट अतिथी उपप्रमुख ईमानसिंह लामा, शिक्षा तथा खेलकुद उपसचिव शम्भु पौडेल , अतिथिहरु वार्ड न १ का अध्यक्ष सिद्दिलाल स्याङ्तान, वार्ड न २ का अध्यक्ष श्यामसुन्दर उप्रेती , वार्ड न ३ का अध्यक्ष राज्कुमार उप्रेती , वार्ड न ४ का अध्यक्ष शम्शेर लामा, राप्ती नगर शिक्षा समीति सदस्य पुष्पा कुवर, राप्ती खानेपानी अध्यक्ष राजकुमार भट्ट ,मानबहादुर स्याङ्बो , बिमल कान्त डल्लाकोटि , वासुदेव आचार्य , सिंहबाहादुर स्याङ्तान, राम्बाहदुर तामाङ , केशव मणि सिग्देल, नवराज अधिकारी , सानुबाबु बर्तौला, खिमानन्द अर्याल लगाएत अतिथिहरुको उपस्तिथी थियो। यसै कार्यक्रमको अवसरमा यसै विद्यालयका पुर्व अध्यक्ष मदन पाठक लगाएत सम्पुर्ण पुर्व अध्यक्षहरुलाइ सम्मानित गरिएको थियो।त्यस्तै गरि येसै विद्यालयका पुर्व शिक्षक तर्फ बाट विद्या लयको शैक्षिक गुणस्तर अभिबृद्दी तथा विद्यालयको चौतर्फी विकासमा अमुल्य योगदान पुर्याउने शिक्षक श्री सरस्वती गौतम लगाएत ४ जना सम्मानित हुनुभएको थियो।हाल यसै विद्यालयमा कार्यरत शिक्षक तर्फ तारा माया पाठक , सकुन्तला थापा लगाएत ९ जना सम्मानित हुनुभएको थियो। पुर्व विद्यार्थी तर्फ ३ जना सम्मानित हुनुभएको थियो। चन्दादाता समाजसेवी मध्येबाट जम्मा ८ जना सम्मानित हुनुभएको थियो।यसै विद्यालयका प्र. अ . श्री हरि प्रसाद उप्रेतीले आगामी बर्षसम्ममा हरेक कक्षा कोठामै आइसिटी उपलब्ध गराइ विद्धालय लाई प्रविधियुक्त विद्यालय बनाउने तथा प्लस टु सन्चालनमा ल्याउने लक्ष्य प्रस्तुत गर्नुभयो।प्रमुख अतिथी , विशिष्ट अतिथी , अतिथी तथा समाज्सेवी चन्दादाताहरुले सक्दो सहयोग गर्ने वचन समेत दिनुभयो। यस कार्यक्रम श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री नवराज पन्डित को अध्यक्षतामा सम्पन्न भएको थियो।