नेपाल शिक्षक महासंघ द्वारा आयाेजित धर्ना कार्यक्रम
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिती द्वारा घोषित आन्दोलन अन्तर्गत पालिका स्तरको धर्ना कार्यक्रम नेपाल शिक्षक महासंघ भरतपुरले सम्पन्न गरेको छ । सोहि धर्ना कार्यक्रम आजै मिति २०८०-०४-२८ गते विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म गरिएको थियो । यस धर्ना कार्यक्रमका अध्यक्ष रामेश्वर न्यैपाने रहनु भएको थियो ।सोहि कार्यक्रममा नेपाल शिक्षक महासंघ केन्द्रीय उपमहासचिव गुरुप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ केन्द्रीय सचिव केशव रेग्मी, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष, जिल्ला सचिव, नेपाल शिक्षक संघ जिल्ला अदक्ष्य,नेपाल शिक्षक संघ महानगर अध्यक्ष,एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष साथै अखिल नेपाल शिक्षक संगठन महानगर अध्यक्ष साथसाथै उल्लेख्य शिक्षक कर्मचारी, बाल शिक्षकको उपस्थिति रहेको थियो उक्त धर्ना कार्यक्रममा आफ्ना मन्तव्य दिने क्रममा नेपाल शिक्षक महासंघ केन्द्रीय उपमहासचिव गुरु प्रसाद पौडेलले विशेष गरेर अहिलेको आन्दोलन किन र के का लागि भन्ने कुरा प्रस्ट पार्नुभएको थियो । उहाले जबसम्म शिक्षक, कर्मचारी एकजुट हुन सक्दैनौ तबसम्म कुनै पनि माग पुरा हुन सक्दैन तसर्थ सबै शिक्षक फुटेर होइन जुटेर एकिकृत रुपमा आन्दोलन गर्न सकेमा पक्कै पनि सफल भइने कुरामा जोड दिनुभयो । उहाले राहत शिक्षकहरुको लामो समय देखिको खटाइ अनि रित्तो हात घर फर्किनुपर्ने पिडा प्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । राहत शिक्षकको योगदानको कारण देशले साच्चै नै शिक्षा क्षेत्रमा राहत प्राप्त गरेको महसुश सरकारले गर्नु जरुरि रहेको बताउनुभयो । उहाले आफ्ना मन्तव्यकै क्रममा वालाविकाश शिक्षकको योग्यता, तलव स्केल सबै तोकिनु पर्ने र अबिलम्ब विद्यालय कर्मचारीको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाले यदि शिक्षा क्षेत्रलाई आकर्षित पेशाको रुपमा लैजाने हो भने सरकारले शिक्षा ऐन अपाङ्ग जस्तो नबनाई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो ।