नेपाली कांग्रेस भरतपुर ११ मा नवीकृत क्रियाशील सदस्य भेला सम्पन्न
नेपाली कांग्रेस भरतपुर ११ ले क्रियाशील नवीकरण भेला सम्पन्न गरेको छ। नवीकृत क्रियाशील भेलाका प्रमुख अतिथि वागमती प्रदेश सदस्य देवकी गौतम,विशिष्ट अतिथि निर्मल कुमार राना ,अतिथि तरुणदल केन्द्रीय सदस्य निर्मलराज पौडेल, प्रदेश २ ‘ख’ का उपसभापति महेन्द्र कौड्याल,जेसिस पुर्व केन्द्रीय अध्यक्ष अरूणेश्वर खनाल,राजन कार्की ,इश्वरी काैडाल, पुर्ब अध्यक्ष श्रीप्रकाश कडेल, क्षेत्रिय प्रतिनिधि र वडा कार्य समितिका सदस्यहरु तथा सम्पूर्ण क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो। वडा उपसभापति विष्णु न्यैपानेले स्वागत मन्तव्य दिनुभएको थियो। वडा सचिव दिगन्तराज पन्तले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे ।नवीकृत कृयासिल भेलालाई सम्वाेधन गर्दै प्रमुख अतिथि देवकि गाैतमले बि. पि. काे समाजबादलाई अनुसरण गर्न सकेमा मात्र सच्चा काँग्रेस बन्न सकिने बताउनु भयाे । समस्यामा परेकाे नागरिकलाई सेवा साथै बाटाे कुलाे विद्यालय स्वास्थकेन्द्र लाई प्राथामिकतामा राखि जनतालाई सेवा दिन सकेमात्र बि. पि.काे चिन्तन पूरा हुने बताउनुभयाे। भ्रष्टाचार मुक्त समाज र सबैमा भाईचारा मेलमिलापकाे रणनितिकाे पालाना अनिवार्य भएकाे बताउनु भयाे । पुर्ब अध्यक्ष श्रीप्रकाश कडेलले विकास निर्माणमा सबै जना एक भएर लाग्नु पर्ने बताउनु भयाे । क्षेत्रिय सचिव निर्मल रानाले क्षेत्रकाे तर्फबाट सक्दाे सहयाेग बताउनु भयाे । तरूण दल केन्द्रिय सदस्य निर्मल पौडेलले संगठन बलियाे भए मात्र काँग्रेस बलियाे हुने बताउनु भयाे । कार्यक्रमकाे उद्भाेषण वडा सचिव कुल प्रसाद कडेलले गर्नु भयाे भने कार्यक्रमकाे समापन वडा सभापति अमर बहादुर लामाकाे सभापतित्त्वमा सम्पन्न भयाे ।