नेपाली काँग्रेस भरतपुर १० द्वारा नवीकृत त्रियासिल सदस्य भेला सम्पन्न
नेपाली काँग्रेस भरतपुर १० द्वारा क्रियासिल भेला सम्पन्न भएको छ । नवीकृत कृयाशिल भेलाका प्रमुखअतिथि नेपाली काँग्रेस जिल्ला सभापति राजेस्वर खनाल , विशिस्ट अतिथि वाग्मति प्रदेशका स्वास्थ्य मन्त्रि उत्तम जाेशि ,महासमिति सदस्य, प्रकाश अधिकारी , इश्वरी लाैडारि , गाैरि श्रेष्ठ , वाग्मति प्रदेश सभासद बिनु रायमाझि , जिल्ला कार्य समिति सदस्य मिना गुरूङ्ग ,प्रदेश प्रतिनिधि निलकन्ठ ढुङ्गाना ,प्रदेश २ ‘ख’का सचिव कृष्ण बिलास अधिकारी, भरतपुर १० का वडा अध्यक्ष परमेस्वर खनाल , वडा सदस्य रेशम राज थापा (ऋषि) ,वडा सदस्य पार्वती नेपाली , वाग्मति प्रदेश सदस्य प्रेम कुमारि लामा लगायत वडा कार्यसमिति सहित कृयाशिल सदस्यकाे उपस्थित थियाे । प्रमुख अतिथि राजेस्वर खनाले सभालाई सम्वाेधन गर्नु हुँदै सबै जना बि. पि .काे समाजवाद लाई अनुसरण गर्न सके मात्र काग्रेसको जग बलियो हुने बताउनु भयाे। क्रियासिल सदस्य भनेकाे काँग्रेसकाे जग र शत्ति हाे । सबै अनुसाशित र ईमान्दर भै गलत कामकाे खवरदारि गर्न सके देश विकास हुन समय नै नलाग्ने बताउनु भयाे । विशिष्ट अतिथि वाग्मति प्रदेसका स्वास्थ मन्त्रि उत्तम जाेशिले जनताकाे स्वास्थ सेवालाई गुणस्तरिय मर्यादित बनाउन लागि परेकाे बताउनु भयाे । महासमिति सदस्य अधिकारिले जनतालाई विकास, भ्रष्टाचार मुक्त समाज तथा स्वास्थ शिक्षा यातयात सुरक्षा आजकाे परिवेशमा नभै नहुने परिस्थिति भै सकेकाे बताउनु भयाे ।वाग्मति प्रदेश सभासद बिनु रायमाझि पाैडेलले विकास निर्माणकाे लागि वाग्मति प्रदेस सदनमा आवाज उठाई रहने बताउनु भयाे । युवा नेता तथा भरतपुर महानगर पालिका वडानं १० का वडा अध्यक्ष परमेस्वर खनालले विकासकाे माेडल हेर्न वडा नं १० मा हेर्न आउनुस् भनी आवाज प्रसारण गर्ने बेला आई सकेकाे बताउनु भयाे वडा नं १० डुबानमा परेकाे तर वडा नालिकाे निर्माण पछि डुबान मुत्त भै रहेकाे छ । शिक्षा स्वास्थलाई मापदन्ड बनाएर जनताकाे सेवामा गुण स्तरिय बनाउने साथै युवा स्वरोजगार बनाउने बताउनु भयाे ।नेपाली काँग्रेसले टिकट दिई पठाएकाे पाटिकाे सिर उच्च बनाउने कार्यमा लाग्ने बताउनु भयाे ।नवीकृत कृयासिल सदस्य भेला वडा नं १० का वडा सभापति गणेश गुरूङ्गकाे सभापतित्त्वमा समापन भएकाे नेपाली काग्रेस वडा नं १० का प्रवक्ता विरेन्द्र श्रेष्ठले बताउनु भयाे ।