मानव अधिकार तथा शान्ति समाज चितवन काे बिराेध प्रदर्शन सम्पन्न
मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ११६ मा “क” थप गरि हिंसालाई बढावा दिने जुनसुकै मुद्दा फिर्ता लिने प्रावधान सहितकाे संसदमा प्रस्तुत संशोधन विधेयकको बिरोधमा मानवअधिकार तथा शान्ति समाज चितवन शाखाले २०८०/०४/११ गते दिउसाे ३:००बजे देखि ३:३० बजेसम्म भरतपुरको चौबीस कोठिमा विरोध प्रदर्शन सम्पन्न गरेको छ ।
चितवन शाखाका सभापति श्री शम्भु राउत काे सभापतित्व र शाखाका सचिव श्री जीवन के सीले सहजिकरण गर्नुभएको बिराेध प्रदर्शनमा केन्द्रीय सदस्य श्री बिनाेद कुमार अधिकारी , जिल्ला काेषाध्यक्ष तारा पाैडेल , सदस्यहरू सुशील राना , राजेन्द्र प्रसाद वाग्ले , सुप्रिया सापकाेटा , झलक प्रसाद वाग्ले , लक्ष्मी सुवेदी , विश्वराज ढुंगाना , ऋषिराम खनिया , सुमि गाैतम , निमा बुढा , अनन्या के सी , शिव पण्डित लगायतका अधिकारकर्मीहरुकाे उपस्थिति रहेको थियोे ।।