४२ औं बि. पि. स्मृति दिवसकाे अवसरमा विविध कार्यक्रम सम्पन्न

Spread the love

देवराज थपलिया

चितवन

नेपाली काग्रेस जिल्ला कार्यसमिति चितवनले ४२ अैा बि. पि .स्मृति दिवसकाे अवसरकाे दिन पारि चितवन जिल्ला भित्र क्रियासिल सदस्यकाे नबिकरण सुरू गरेकाे छ । चितवन भरतपुर ११ नेपाली काग्रेस वडा कार्यसमितिले पनि क्रियासिल सदस्यकाे नबिकरण प्रमुख अतिथि नेपाली काग्रेस वाग्मति प्रदेसका सदस्य देवकि गौतमले बि. पि .काे फोटाेमा माल्यार्पण गरि उद्घाटन गर्नु भयाे । क्रियासिल सदस्यकाे पनि आजै बाट नविकरण सुरू गरि २० गते सम्म चल्ने नेपाली काग्रेस वडा सभापति अमर बहादुर लामाले बताउनु भयाे ।उद्घाटन सत्रका वक्ताहरुमा भरतपुर महानगर सचिव कृष्ण बगाले , क्षेत्रिय सचिव निर्मल राना , तरूण दलका केन्द्रीय सदस्य निर्मल पाैडेल, २ नं क्षेत्रका उपसभापति महेन्द्र कौड्याल रहनु भएकाे थियाे । प्रमुख अतिथि देवकि गाैतमले क्षेत्रिय सदस्य ,वडा कार्यसमिति तथा क्रियासिल कार्यकर्ता बलियाे भए मात्र काग्रेस बलियाे हुने र नेपाली काग्रेस भित्र छलछाम तरिकाले राजनिति गर्दा नेपाली काग्रेस कमजाेरभएकाे साथै अब याे नचल्ने र जहाँ मतदाता नामावलि छ त्यहिका मात्र वास्तविक क्रियासिल सदस्य रहने कुरा बताउनुभयो। मतदाता नामावलिमा नाम नहुने व्यक्ति क्रियासिल हुन सक्दैनन् र अब क्रियासिल सदस्य नबिकरण हुन वा नयाँ क्रियासिल सदस्य लिन मतदाता नामावलिमा नाम अनिवार्य हुनुपर्ने यदि मतदाता नामावलि नभए कृयाशिल सदस्य हुन बाट राेक्ने बाताउनु भयाे ।पाटिलाई आवश्यक पर्ने बेलामा काम नलाग्नेलाई क्रियासिल सदस्य नदिने केन्द्रै देखि नियम बनी आएकाे बताउनु भयाे । कृयाशिल कार्यकर्ताकाे सदस्यता नबिकरण कार्यक्रमकाे उद्घाटन कार्यक्रमकाे उद्घोषण दिगन्तराज पन्तले गर्नुभएको थियो भने स्वागत मन्तव्य विष्णु न्योपानेले गर्नुभएको थियो।सोही कार्यक्रमको समापन नेपाली काग्रेस वडा नम्बर ११ का पार्टी सभापति अमर बहादुर लामाकाे सभापतित्त्वमा सम्पन्न भयाे।