युद्ध विरुद्ध शान्ति समाजको प्रदर्सन
पुर्ण चन्द्र चापागाई
रुसले युक्रेनमाथि आक्रमण गरेको ५०५ दिन नाघेको छ । यो युद्धका कारण हजारौ नागरिकको मृत्यु भएको छ, शरणार्थी र आन्तरिक रुपमा विस्थापितको संख्या करोड नाघेको छ । युद्धका कारण खरबौको क्षति भएको छ । विश्व अर्थतन्त्र खलबलिएको छ । युद्ध लम्बिदै जाँदा मानवता पराजित हुँदै गइरहेको छ ।
रुसलाई कहालीलाग्दो यो युद्धको सिलसिला तत्काल रोक्न पुन आग्रह गर्दै शान्ति समाज चितवनले चितवनको भरतपुरमा बिहान ७:३० देखि ८:०० बजे सम्म प्रदर्सन गरेको हो।
कार्यक्रममा केन्द्रिय उपसभापति राजेन्द्र पौडेल कोषाध्यक्ष तारा पौडेल सदस्य सुशील राना झलक प्रसाद अधिकारी ,सुपिर्या सापकोटा ,आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं सदस्य विश्व राज ढुंगाना, ऋषि राम खनिया ,माया पोख्रेल ,राम बहादुर सुनारको उपस्थित थियो शाखा सभापति शम्भु राउतको सभापतित्वमा प्रदर्सन भएको थियो भने शाखा सचीव जीवन के सिले कार्यक्रम संचालन गर्नु भएको थियो ।