कैलास कोइरालाको “राजव्यूह” उपन्यास सार्वजनिक

Spread the love

कोइरालाको उपन्यास ‘राजव्यूह’ को आज भरतपुर होटल ग्लोबलमा सार्वजनिक गरी उपन्यासकारको रुपमा बेग्लै पहिचान बनाएका हुन् । आमा पार्वती कोइरालासहित कांग्रेस नेता ईन्द्र बानियाँ, मदन पुरस्कार विजेता साहित्यकार नवराज लम्साल, प्रदेश सांसद एवंम प्रदेश मन्त्री उत्तम जोशी, डाक्टर भोजराज अधिकारी, अग्रज कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, टेकबहादुर गुरुङ, विकास कोइराला र समालोचक उदय अधिकारीले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् ।

विद्यार्थी जीवनदेखि कांग्रेस राजनीतिमा उदाएका कोइराला लेखकका रूपमा प्रस्तुत भएका छन् । राजव्यूहमा नेपाली राजनीतिमा हुने चलखेल, लेनदेन र प्रेमलाई कोइरालाले समावेश गरेका छन् । कविता लेखनमा पनि विशेष रुचि राख्ने कोइराला एकैपटक उपन्यास लिएर बजारमा आएका छन् । आफ्नी श्रीमती आरती कोइराला प्रकाशक रहेको यो उपन्यास कोइरालाको पहिलो कृति हो जसमा १६८ पृष्ठ रहेको छ ।

चितवन राजनीतिकरुपले चर्चामा रहने जिल्ला हो । सबैभन्दा बढी बलिदानी दिने जिल्लामा पनि चितवन पर्दछ । तर, यसको इतिहास महसुस हुने गरेर कतै लेखिएको पाइँदैन । कोइराला भन्छन्, ‘त्यही कारणले पनि चितवन जिल्लाको राजनीतिक विषयवस्तुलाई समेटेर उपन्यास लेख्ने जाँगर ममा पलाएको हो । यो एउटा समाजको कथा हो भने कथा मेरो पनि हो ।’

कोइरालाका अनुसार उनले देखेको, भोगेको कथालाई किताबमा लेखेका छन् । ‘मलाई जे लाग्यो त्यही नै सही भन्ने हुँदैन । मैले भोगेको र सोचेको विषयवस्तुसँग तपाईंले भोगेको र सोचेको नमिल्न सक्छ । विविधता छ र त संसार रमाइलो छ । राजनीतिसहितको विविधतायुक्त समाजमा देखिने भावना र विचारलाई मैले किताबमा उतारेको छु’, कोइरालाले भने ।

मनहरि कोइरालाका छोरा र विकास कोइरालाको दाइ कैलाश कोइरालाको परिवारनै कांग्रेस राजनीतिमा समर्पित रहेको छ । २०५० सालमा वीरेन्द्र क्याम्पस पढ्दा विद्यार्थी राजनीति सुरु गरेका कोइरालाले त्यसपछि नेपाली कांग्रेसमा आवद्ध रहेर काम गरेका छन् । कांग्रेसको जिल्ला पूर्वउपसभापति समेत रहेका कोइराला युवापुस्तामाझ लोकप्रिय नेताका रूपमा ख्याति बनाएका छन् । उनी १४ औं महाधिवेशनमा कांग्रेस चितवनका सभापति पदका दाबेदार समेत रहेका थिए । सम्पूर्ण किताब नारायणगढले बितरणको जिम्मा पाएको यस उपन्यास आकर्षक गाता सहितको विशेष मूल्य १००० छ भने नियमित संस्करणको मूल्य ५०० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *