अभिनन्दन , सम्मान तथा शुभकामना कार्यक्रम
ज्ञानदर्शन स्कुलको आयोजन र अरोमा कलेजका सहकार्यमा अभिनन्दन , सम्मन तथा शुभकामना कार्यक्रम विद्यालयका ब्यबस्थापन समितिको अध्यक्ष भिमनारायण उपाध्यय , प्रिन्सपल मनिस घिमीरे लगायत माध्यामिक तह मा अध्यापन गराउने सम्पूर्ण शिक्षकहरूको उपस्थिति थियो।
विद्यालय व्यवस्थापन समितीका अध्यक्षले सम्बोधन गर्दै विद्यालयको कुशल नेतृत्व , र सम्पुर्ण शिक्षक र अभिभावकहरुको तथा विद्यार्थिहरू को मेहनतले यो सम्भव भएको र आगामी दिनमा पनि विद्यालयको यो गुणस्थर कायम राख्ने प्रतिवद्ता व्यक्त गर्नु भयो।
त्यसै गरी विध्यालयका प्रधानाध्यापकले विद्यालयलाई अझै सबल नेतृत्व दिंदै जाने र यो नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने सम्पुर्ण शिक्षक र अभिभावक ज्युहरूलाई धन्यवाद व्यक्त गर्नु भयो।
त्यसै गरी विद्यालयका सञ्चालक नगेन्द्र तिमिल्सना, प्राथामिक तथा इञ्चार्ज खगिसरा भुसाल र अरोमा कलेजबाट +2 विज्ञान इञ्चार्ज विष्णु खरेलबाट शुभकामना मन्तब्य दिनु भयो।
४.० GPA ल्याएर सर्वोत्कृष्ट हुने नमन बावु चापागाइ साहित , सम्पुर्ण उत्कृष्ट GPA ल्याउनुभएका विद्यालयका विद्यार्थिहरूलाई र अभिभावक ज्युहरुलाई सम्मान, तथा टोकन अफ लभ प्रदान गरिएको थियो।
कार्यक्रम सञ्चालन माध्यामीक तह प्रमुख विगनेश अधिकारी ज्युले गर्नु भएको थियो।
