मेलम्चीमा बन्यो बेलिब्रिज, स्थानीयलाई राहत
-मनिष अर्याल
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले शुक्रवार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिब्रिजको शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
मेलम्ची पुल बजारमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि स्थानियबासीले धेरै सास्ती व्यहोर्नु परेको स्मरण गर्दै सेनाको सहयोगमा मेलम्ची बेलिब्रिज छोटो समयमै निर्माण भएकोमा खुशी व्यक्त गरे ।
मेलम्ची बजारको इन्द«ावती पुल बाढीले बगाको दुई वर्ष पछि उक्त स्थानमा बेलीबृज निर्माण सम्पन्न भएको छ । करिब १ महिनाको समय अवधिमा निर्माण गरिएको बेलीबृजको शुक्रवार उद्घाटन सम्पन्न भएको हो ।
पुलको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले विशेष समारोहबिच गरेका हुन् ।
२०७८ साल असार १ गते निरन्तर आएको बाढी र पहिरोका कारण मेलम्ची र चौतारा जोड्ने कम्पोजिट पुल बगाएको थियो ।
साथै योसँगै बाढिले अरु पक्की पुलहरु पनि बगाएको थियो । पुल बगाएपछि स्थानीयले आवतजावतका लागि निकै सास्ती भोग्दै आइरहेका थिए । तर बेलीबृजको उद्घाटन भएपछी भने आवतजावतका लागि सहज भएको भन्दै स्थानयि हर्षित बनेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावति बेलीबृज पुल करिब ४० लाखको लागतमा निर्माण भएको भएको हो ।
मन्त्री मोहनबहादुर बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानियबासीले धेरै सास्ती बेहोर्नु परेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीबृज छोटो समयमै निर्माण गरिएको जानकारी दिए ।
मेलम्ची बेलीबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेलेको अवस्थामा आफूले नेपाली सेनाका प्रधान सेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेका कारण पुल समयमानै निमार्ण सम्पन्न भएको मन्त्री बस्नेतले बताए ।
पुल उद्घाटन कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना सधै जनताको सुख दुखमा साथ दिदै आइरहेको बताउँदै मेलम्ची बेली ब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको जीकीर गरे ।
उनले नेपाली सेना नेपाली जनताको साझा सम्पति भएको बताउदै सेनाले सधै जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिए ।
२०७८ साउनमा परेको भारी वर्षाका कारण ईन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने १ सय ४ मिटर लामो कम्पोजिट पुल बगाएपछि सो क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीलाई आवतजावतमा कठिनाई भएको थियो । तर पुल निर्माणका लागि यही जेठ २१ गते नेपाली सेनालाई जिम्मेवारी प्राप्त भए अनुरुप सो स्थानमा सेनाले बेलीवृज निर्माण सम्पन्न गरेको हो ।
नवनिर्मित बेलीवृजको लम्बाई ६७ दशमलव ७० मिटर, चौडाई ४ दशमलव २ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ ।