फिनेल, साबुन, हर्पिक, सरफ बनाउने तालिम कार्यक्रम उद्घाटन सम्पन्न

Spread the love

-मनिष अर्याल

असार ५ आयोजक खैरहनी नगरपालिका वडा नं १२ र सेवा प्रदायक संस्था सफल भविष्य प्रा.ली. भरतपुर १२ बाट फिनेल, साबुन, हर्पिक, सरफ बनाउने तालिम उद्घाटन सम्पन्न भएको छ । खैरहनी नगरपालिका वडा नं.१२ को कार्यालयमा खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनिया ज्यूको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन सम्पन्न भयो । खैरहनी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष केदारनाथ पन्त, वडा सदस्य श्याम प्रसाद रेग्मी, वडा सदस्य सकला महत्तो,  उपभोक्ता समितीको अध्यक्ष सुदिप उप्रेती, कार्यक्रम व्यवस्थापक सरस्वती गौतम, चिरफार खबरका संवाददाता मनिष अर्याल,  प्रशिक्षक सुस्मिता थापा सहायक प्रशिक्षक नन्दी थापा, तालिममा सहभागीहरु तुलसी कुमारी महत्तो, रिता चौधरी, सिता चौधरी, अनिता चौधरी, बिना महत्तो, सेविका चौधरी, कुसुम महत्तो, रेबिना चैधरी, उर्मिला उप्रेती, अनिता इतैनी, सोमराज खरेल, आरती चौधरी, रिमा भट्ट, दिपिका नेपाली, जमुना बोटे, बिपना बोटे, अनुपा माझी, क्रिस्तीना दराई, सुजाता दराई, धनमाया चौधरी, अनिता कुमारी उप्रेती लगायत २५ जना तालिमका सहभागीलाई फिनेल, साबुन, हर्पिक, साबुन, सरफ बनाउने तालिम दिन लागिएको हो ।

उक्त कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी शशी कुमार खनियाले तालिमका सहभागीहरुलाई धन्यवाद दिदै, यस नगरपालिकाले नगर स्तर बाट बजेट पारेर यस अगावै थुप्रै तालिम हाउस वायरिङ, ब्युटिसियन, सिलाई कटाई जस्ता तालिम दिई सकिएको बताउनु भयो । कुनै पनि तालिम लिई सकेर उद्यमी बने पछी उत्पादित सामानलाई ब्राण्ड बनाएर बजारिकरण गर्ने कुरामा जोड दिनु भयो । ब्राण्ड बिनाका सामान नबिक्ने भन्दै ब्राण्ड भएका सामान मात्र मार्केटमा बिक्ने उहाको भनाई थियो । कुनै पनि व्यवसाय गर्ने हेतुले नगरपालिका र वडामा सिफारिस लिएर आउने नगरावासीलाई सहयोग गर्ने उहाले प्रतिबद्दता व्यक्त गर्नु भयो । तालिम मार्फत सम्पूर्ण नगरवासीहरुलाई स्वरोजगार बनाई उद्योग मैत्री वडा बनाउने इच्छा व्यक्त गर्नु भयो । सिकेको सीपलाई व्यवहारमा ल्याई स्वदेशमा नै केहि गर्न अनुरोध गर्दै, व्यवसायीहरुलाई प्रोत्सहान गर्न म नगर प्रमुख सदैव तयार रहेको बताउदै कोहि नगरवासी अभिभावक विहिन महसुस नगर्न अनुरोध गर्नु भयो । नगरको प्रमुख भएको कारण म हजुहरुको अभिभावक भएका कारण अभिभावकको भूमिका निर्वाह गरिरहेको बताउनु भयो । त्यस्तै वडा अध्यक्ष केदारनाथ पन्तले  सबैको हातमा सिप, घर घरमा रोजगार बनाउन बिभिन्न योजनाहरु बन्दै गरेको बताउनु भयो । यहाको नागरिकलाई उच्च सेवा पुर्याउन म र हाम्रो वडा टिम सेवा दिने कुरामा उच्च प्राथमिकतामा छ । सिकेको सीपलाई व्यवहारमा ल्याउन सके उद्यमशीलता र उद्योग मैत्री वडा बन्नेमा कुनै बिकल्प छैन । विगतमा पनि यस्तै सिपमुलक तालिम दिदै आइरहेको पनि प्रस्ट पार्नु भयो । यस तालिममा निरन्तर सहभागी भई सिकेको सीपलाई व्यवहारमा उतारी उद्योग संचालन गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नु भयो । तालिम ७ दिन चल्ने वडा अध्यक्ष ज्युले जानकारी दिनु भयो । कार्यक्रमको समापन वडा अध्यक्ष केदारनाथ पन्तको अध्यक्षतामा सम्पन्न भयो ।  

               

Leave a Reply

Your email address will not be published. Required fields are marked *