उद्यमशीलता विकास तालिम उद्घाटन सम्पन्न
-मनिष अर्याल
चितवन । असार ४ लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र त्रिपुरेश्वर काठमाडौं आयोजक र सेवा प्रदायक संस्था स्पन्दन विविध तालिम केन्द्र एण्ड सप्लायर्स ले ७ दिने उद्यमशीलता विकास तालिम भरतपुर महानगरपालिका वडा नं १५ को टोल सुधारको भवनमा कार्यक्रम उद्घाटन सम्पन्न भएको छ । यस अगावै मिति २०७९/११/११ गते सुरु भई २०८०/०१/२० सम्म संचालन भएको बेसिक सिलाई कटाई तालिम सिकेका ३२ जना सहभागीहरुलाई व्यावसायिक उद्यमशीलता आवश्यक भएको भनी वडा कार्यालयको माग पत्र सहित भरतपुर महानगरपालिका सामाजिक शाखाको सिफारिस बमोजिम सीता ढकाल , मन्जु पौडेल, होम माया लकाई क्षेत्री, अस्मिता पौडेल, पवित्रा गुरुङ, शोभा घिमिरे अधिकारी, सुनिता चापागाई, सरस्वती वि.क., एजिना सुनार, यस कुमारी वाइबा, मनु पौडेल (ढुंगाना), निशा उपाध्याय, सदिक्षा थापा, मिना थापा क्षेत्री, गंगा रसाइली विश्व्कर्मा, कुमारी गर्वुजा, बिन्दु विश्वकर्मा, संगीता वि.क., पुर्णिमा गुरुङ, अनिता राना मगर, मन माया मगर, सबिना भण्डारी, दिपा बि.क., सुस्मिता महर्जन, लिला देवी भुर्तेल, सचिता भुषाल, अनिता परियार, सबिता अधिकारी ,कमला थापा मगर, शान्ती पौडेल, सर्मिला बि.क, गंगा गुरुङ, जुना गुरुङ, इश्वरी सेढाई पाण्डे, पार्वती राई ,इश्वरी सुनार, अस्मिता लामा लगायतका प्रशिक्षार्थीहरुलाई उक्त तालिम कार्यक्रम दिन लागिएको हो । कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानागरपालिका वडा नं. १५ का अध्यक्ष श्रीकृष्ण देबकोटा, विशिष्ट अतिथी भरतपुर महानगरका कार्यपालिका सदस्य सिर्जना अधिकारी, भरतपुर महानगरपालिकाका वडा नं १५ का वडा सदस्य पुष्पराज अर्याल, , वडा सदस्य मानबहादुर आले, वडा सचिव चन्द्र प्रकास आचार्य, टोल विकास समितीका प्रतिनिधी कर्ण बहादुर सुवेदी, सिटीभिटीका सिलाई वरिष्ठ प्रशिक्षक विद्या श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
उत्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष श्रीकृष्ण देबकोटा ज्यु ले उद्योग गर्न र उद्योग गरिरहेका व्यवसायीहरुलाई यो तालिम महत्त्वपुर्ण रहेको बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं १५ ले वडा बासीको लागी बेसिक सिलाई कटाई तालिम र ड्राइभिङ तालिम, कम्प्युटर तालिम दिईसकेको र आगामी वर्ष पनि यस्तै खाले सिप मुलक तालिम दिई उद्योग मैत्री वडा बनाउने बताउनु भयो । सबैको हातमा सिप, घर घरमा रोजगार बनाउन बिभिन्न योजनाहरु बन्दै गरेको बताउनु भयो । यहाको नागरिकलाई उच्च सेवा पुर्याउन म र हाम्रो वडा टिम सेवा दिने कुरामा उच्च प्राथमिकतामा छ । सिकेको सीपलाई व्यवहारमा ल्याउन सके उद्यमशीलता र उद्योग मैत्री वडा बन्नेमा कुनै बिकल्प छैन । विशिस्ट अतिथि भरतपुर महानगर कार्यपालिका सदस्य सिर्जना अधिकारी ज्यु बाट उद्यमसिलता तालिम कार्यक्रमको प्रशंसा गर्नु भयो । भरतपुर महानगर १५ का वडा सदस्य पुष्प राज अर्यालले उद्यमसिलता कार्यक्रम सबै व्यवसायीहरुलाइ आवश्यक रहेको बताउनु भयो । वडा सदस्य मानबहादुर आलेले यस तालिम ल्याएकोमा स्पन्दन विविध तालिम केन्द्र एण्ड सप्ल्यार्सलाई धन्यवाद दिदै यस कार्यक्रमको महत्व प्रस्टाउनु भयो । वडा सचिव चन्द्र प्रसाद आचार्यले यस अगावै स्पन्दन विविध तालिम केन्द्र एण्ड सप्ल्यार्सले बेसिक सिलाई कटाई तालिम उत्कृष्ट रहेको र यस पटक पनि उद्यमशीलता तालिम उत्कृष्ट तरिकाले दिन अनुरोध गर्नुभयो। सस्थाका प्रमुख देवराज थपलियाले उक्त तालिम अवधी भर पढाइने पाठ्यक्रम बारे स्पस्ट पार्दै यस प्रकारको कोर्स पढाइने बताउनु भयो । उद्घाटन र परिचय, आशा अपेक्षा संकलन तथा आचार संहिता निर्माण, उद्यमशीलता विकासको परिचय, व्यावसायिक अवसरको पहिचान तथा व्यवसाय छनोट गर्ने तरिका , व्यावसायिक योजना (औद्योगिक स्किम) को परिचय र महत्व , व्यावसायिक योजना (औद्योगिक स्किम) को अभ्यास, व्यवसायिक योजनाको छलफल र प्रस्तुती, औद्योगिक स्किमको अभ्यास, X-Y अभ्यास तथा प्रस्तुती, उद्योग तथा वाणिज्य प्रशासन, औद्योगिक उत्पादन व्यवस्थापन, सफल उद्यमी सँग साक्षात्कार तथा अनुभव आदान प्रदान, उद्यमी व्यवसायमा प्रतिस्पर्धा, समन्वय र नेतृत्वको भूमिका, उधम प्रवर्धनमा वित्तिय सस्थाको भूमिका तथा कर्जा प्रभाह रहेको बताउदै कार्यक्रमको समापन भएको कार्यक्रम व्यवस्थापक सरस्वती गौतमले बताउनु भयो ।