मानव अधिकार तथा शान्ति समाज चितवन द्वारा रक्तदान सम्पन्न
मानव अधिकार तथा शान्ति समाज चितवनले रक्तदान गरी मनायो रक्तदाता दिवस
मानव अधिकार तथा शान्ती समाज चितवनले विश्व रक्तदाता दिवसका दिन प्रादेशिक रक्त संचार सेवा भरतपुरमा रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदान कार्यक्रममा सभापति शम्भु राउत ,बिनोद कुमार सुनार, टीका राम मगर, भुवन के सि, झलक प्रसाद अधिकारी, नबिन चापागाइर्,ं किरण राउत, सन्तोस लम्साल, बुद्धि प्रसाद अधिकारी, सुशील राना, सुनिल बस्नेत, दिप्सन महतो, देबेन्द्र सेन, सन्दीप दुवाडि लगायतले रक्तदान गर्नु भएको थियो उक्त कार्यक्रममा कार्यसमिति सदस्य सुप्रिया सापकोटाभने आजिवन सदस्य श्री पूर्ण चन्द्र चापागाईले कार्यक्रम संयोजकको काम गर्नु भएको थियो ।शान्ति समाजको कर्णाली केन्दृत बालिका छात्रवृत्ती अभियान अन्तर्गत ८४ जना दलित समुदाय का बालिकालाई जेठ २४ देखी २९ गते सम्म कालिकोट,जुम्ला,मुगू,दैलेख,हुम्ला,र सुर्खेत गरी ६ जिल्लामा आयोजित कार्यक्रम मा रु १२ हजारका दरले छात्रवृत्ती बितरण गरिएको छ । २.यो सन्ख्या ८४ बाट चाडै १०० पुर्याइनेछ । ३.जो जो दाता हुनुहुन्छ , वहाँहरुले प्रदान गरेको रकम कुन बालिकालाई दिइयो भन्ने बिवरण सहित सो बालिकाका अभिभावकको सम्पार्क नम्वर सम्वन्धित दातालाई उपलब्ध गराइनेछ । यस सम्वन्धी तालिका कर्णाली प्रदेश सचिव प्रकाश शाहीले तयार गरीरहनु भएको छ । ४.प्रथम चरणमा दाताका रुपमा प्रतिवद्धता ब्यक्त गर्ने ६६ जनाको नाम दर्जनौ सन्चार माध्यममा यस अघी नै प्रकाशित भईसकेको छ भने त्यस पछी प्रतिवधता ब्यक्त गर्ने १२ जनाको नाम यस पटक दर्जन बढी सन्चार माध्यममा प्रकाशित भएको छ ।
जेठ २४ देखि जेठ २९ सम्म कालीकोटको शुभपालिकास्थित पञ्चकालिका माविका १३ जना, खाडचक्र मान्मस्थित जनजीवन माविका १६ जना, जुम्लाको मष्टामडुस्थित अन्नपूर्ण माविका १० जना, लुड्कुस्थित कनकासुन्दरी माविका १२ जना, मुगुको महाकाली नमुना माविका आठ जना, नेपाल राष्ट्रिय मावि भारेकोटका तीन जना, दैलेखको महादेव मावि तल्लो डुङ्गेश्वरका १० जना र सुर्खेतमा आश्रय लिइरहेका वादी समुदायका छ जना कक्षा ६ मा अध्यनरत दलित समुदायका ७८ जना बालिकालाई रु १२ हजारका दरले पहिलो वर्षको छात्रवृत्ति रकम शान्ति समाजको टोलीले प्रदान गरेको छ । यसैगरी हुम्लाको सर्केगार्डस्थित अंशुवर्मा आधारभूत विद्यालयका तीन जना र हुम्लाकै श्री हिमज्योति मावि सर्केगार्डका तीन जना गरी छ जना दलित समुदायका बालिकालाई छात्रवृत्ति वितरण गर्न बैंकबाट रकम पठाइएको छ । यसप्रकार शान्ति समाजले कर्णाली केन्द्रित तीनवर्षे बालिका छात्रवृत्ति अभियानअन्तर्गत ८४ जनालाई रु १० लाख आठ हजारको छात्रवृत्ति वितरण गरेको छ ।अभियानको संयोजन शान्ति समाज कर्णाली प्रदेश सचिव प्रकाश शाहीले गर्नुभएको थियो । कर्णाली केन्द्रित तीनवर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सचिव रामप्रसाद जोशी, मोरङ शाखा सभापति प्रा डा जीवन ढकाल, सदस्य तथा शुभचिन्तक दानबहादुर रोकाय, रणबहादुर खड्का, यामबहादुर श्रेष्ठ, कृष्णा न्यौपाने भुसाल, घनश्याम खड्का, युद्ध कोइराला, डा ललितजङ्ग शाही, एसआर पाण्डे, केशरीकुमारी बस्नेत, ईश्वर सापकोटालगायत ७८ जनाले छात्रवृत्ति रकम सहयोग गर्नुभएको छ । यससँगै शान्ति समाजले सुरु गरेको पाँच वर्षे र तीन वर्षे छात्रवृत्ति सङ्ख्या एक सय २१ पुगेको छ । यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज चितवनले पनि बृक्षारोपण, धर्ना, मैनबत्ती प्रज्ज्वलन लगायतका विविध कार्यक्रम गरी अभियानलाई अगाडि बढाईरहेको कुरा मानव अधिकार तथा शान्ति समाजका चितवन शाखा सभापतिले चिरफार डटकम अनलाईन खबर पत्रिकाका सह सम्पादक श्री पूर्ण चन्द्र चापागाईलाई बताउनु भयो ।