मानव अधिकार तथा शान्ति समाज चितवनले आफ्नो २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम सम्पन्न

Spread the love

मानव अधिकार तथा शान्ति समाज चितवनले आफ्नो २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। यहि जेष्ठ १८ गते बेलुका देवघाटमा रहेको रोटरि करुवा बृद्धआस्र्ममा खाना खुवाएको थियो।अभियान अन्तर्गत २०८० जेष्ठ १९ गते श्री राष्ट्रिय माध्यमिक बिधालय तोरिखेतका प्रधानध्यापक श्री करुणा पण्डितलाइ पुस्तक हस्तान्तरण गरेको थियो भने बेलुका भरतपुरको चौबीस कोठिमा दीप प्रज्वलन गरेको शाखा सभापति शम्भु राउतले जानकारी दिनु भयो। मानवअधिकार,शान्ति ,लोकतन्त्र र अहिम्सा लगायतको क्षेत्रमा निरन्तर कृयाशिल मानव अधिकार तथा शान्ती समाजले २८ औं बर्षमा प्रवेश गरेको छ मानव अधिकार तथा शान्ती समाजले युद्ध निषेध शान्ति बिशेश भन्ने मुल नारा सहित अगि बढी रहेको छ भने त्यस्तै कुशासन र दण्डहिनता विरुद्ध अभियान ,नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोसिलाइ कार्वाही गर सुशासनको प्रत्याभुति आर्थिक पारदर्शीता र जवाफदेहीता शुनिस्चित गर मानव अधिकारमैत्री ऐन बनाउ संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ भन्दै अभियान संचालन गरेको कार्यक्रम संयोजक पुर्ण चन्द्र चापागाईंले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *