बेसिक सिलाई कटाइ तालिम कार्यक्रम सम्पन्न

Spread the love

चितवन भरतपुर महानगरपालिका वडा नं  द्वारा आयोजित बेसिक सिलाई कटाई तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जन, वडा सदस्य राममाया पियाँ, विशिष्ट  अतिथी महिला वडा सदस्य रमा परियार, विशिस्ट अतिथी वडा सदस्य मनोज घिमिरे , विशिष्ट अतिथी वडा सदस्य राजु गुरुङ, विशिस्ट अतिथी वडा सचिव शिवजी अधिकारी, इन्जिनियर सन्तोष पाण्डे, सहायक इन्जिनियर अन्जना प्याकुरेल, अतिथी आधारभूत विद्यालय ठिमुरा का विद्यालय व्यवस्थापन अध्यक्ष रामलाल प्रजा, प्र.अ. ज्योति नारायण ढकाल, परीक्षार्थीहरुलाई तिन थान सिलाई मेसिन दान गर्ने समाजसेवी सरस्वस्ती जी.सी., प्रशिक्षक विद्या श्रेष्ठ, सहायक प्रशिक्षक भविसरा काफ्ले, चिरफार खबरका संवाददाता मनिष अर्याल, र बेसिक सिलाई कटाई तालिम कार्यक्रमका २५ जना परिक्षार्थीहरुको उपस्थिति थियो ।

प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष केशव महर्जनले सहभागीले तालिम अवधी भर इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिकेकोमा खुशी र आभार व्यक्त गर्नु भयो । ठिमुरा आफैमा गरिब, बिपन्न, लोपन्मुख, जनजाती, बसोबास रहेको बस्ती हो । यहाको नागरिकलाई उच्च सेवा पुर्याउन म र हाम्रो वडा टिम सेवा दिने कुरामा उच्च प्राथमिकतामा छ । सिकेको सीपलाई व्यवहारमा ल्याउन सके उद्यमशीलता र उद्योग मैत्री ठिमुरा बन्नेमा कुनै बिकल्प छैन । यहाहरुलाई थप तालिम दिन आगामी बजेटमा समावेश गरिने बताउनु भयो । ६६ दिन सम्म चलेको तालिम दैनिक ६ घण्टाको दरले चल्दा यहाहरुको बेसिक सिप पूर्ण हुने र आगामी बजेटमा तत्काल एडभान्स सिलाई लेभल २ ल्याउने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो । नागरिकको सेवामा १ नं वडा अध्यक्ष र सम्पुर्ण टिम अवारात्र लागिपरेको बताउनु भयो ।

महिला वडा सदस्य रमा परियारले तालिममा सिकेका सिपहरुलाई व्यवहारमा लागु गर्न सके गरिबी निवारण हुने कुरामा दुई मत छैन । इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिकेकोमा उहाले परीक्षार्थीहरुलाई आभार व्यक्त गर्दै खुशी व्यक्त गर्नु भयो । उक्त बेसिक सिलाई कटाई  समापन कार्यक्रम सफल भविष्य प्रा.ली. का अध्यक्ष देबराज थपलियाको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भयो ।   

वडा अध्यक्ष केशव महर्जन
महिला वडा सदस्य रमा परियार