दिप प्रज्वलन तथा धर्ना कार्यक्रम गरेर मानव अधिकार तथा शान्ती समाजकाे कार्यक्रम सम्पन्न
भरतपुरको चौबीस कोठिमा २०८० जेठ १५ गते साँझ ०७ः०० बजे दिप प्रज्वलन गरी, जेठ १५ गते नै विहान ०८ः०० बजेबाट आधाघण्टा १६औं गणतन्त्र दिवसको अवसरमा भरतपुरको चौबीस कोठिमा धर्ना सहितको प्रदर्शन गरेको छ । नक्कली शरणार्थी प्रकरणः शिर्ष नेताहरुमाथि छानविन खोइ ? भ्रष्टाचार हटाऊ ः गणतन्त्र बचाऊ Democracy under threat because top leaders are corrupt लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने जस्ता पम्प्लेट बोकेर प्रदर्शन गरिएको थियो ।
दिप प्रज्वलन कार्यक्रममा जिल्ला सभापति शम्भु राउत , सचिव जीवन के सी , कोषाध्यक्ष तारा पौडेल , सहसचिव संसार चन्द्र न्यौपाने ,पुर्ब शाखा उपसभापति तथा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष भुमी पौडेल सदस्यहरु सुशील राना , खेमराज अधिकारी , सुप्रिया सापकोटा , झलक प्रसाद अधिकारी , आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं , , लक्ष्मि सुवेदी , विश्वराज ढुंगाना , लक्ष्मी अधिकारी , पार्वती घिमिरे , माया पोख्रेल , रुबिसा कोइराला , गौरिभक्त वाग्ले लगायत का अधिकारकर्मीहरुको उपस्थिति रहेको थियोे भने चितवन शाखाले बिहान ०८ः०० बजे धर्नामौन तथा शान्ति धर्ना पनि गरेको थियो ।
मानव अधिकार तथा शान्ति समाज नेपालको २८ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी तपसिलका कार्यक्रमहरु गरिने भएको छ उक्त कार्यमा जोडिनको लागि सबै जिल्ला शाखाहरु, केन्द्रिय कार्यसमिति, सल्लाहकारहरु, आजिवन तथा साधारण सदस्य, शुभेच्छुक लगायत सम्पूर्ण लोकतन्त्रप्रेमी महानुभावहरुमा मानव अधिकार तथा शान्ति समाजले अपिल गरेको छ । उक्त कार्यक्रमहरु जेठ १६ गते ः पुस्तक सहयोग, जेठ १७ गतेः रक्तदान, जेठ १८ गते ः बस्त्रदान, जेठ १९ गतेः स्थापनाको दिन अन्तरक्रिया चियापान, जेठ २० गतेः खाद्यान्न सहयोग, जेठ २१ गतेः लागूऔषध विरुद्ध विद्यालय केन्द्रित कार्यक्रम र जेठ २२ गतेः बृक्षारोपण कार्यक्रम गरी मनाउने कुरा केन्द्रिय कार्यालयबाट प्रकाशित सूचनामा जनाइएको छ । त्यसैक्रममा जिल्ला शाखाहरुले केन्द््रले तोकेको तालिका लगायत आ – आफ्नै तरिकाले पनि नयाँ नयाँ तथा थप कार्यक्रमहरु गरी मनाउन सकिने कुरा चितवन जिल्ला शाखा सभापति शम्भु राउतले बताउनु हुन्छ । नक्कली भुटानी शरणार्थी काण्डको उचित अनुसन्धान सहित दोषि उपर कानुनी कारवाही गर्न, भ्रष्टाचार लगायतका समस्याको समाधानका लागि कानुनी राजको प्रत्याभुति हुने गरी कानुनकोे कार्यान्वयन गर्न, चुरे बचाउ अभियान, लागुऔषध विरुद्धको अभियान, छोरी पढाउँ अभियान, दण्डहीनताको अबस्थाबाट पार पाउन, नागरिकले न्यायको अनुभूति गर्न सक्ने गरी काम गर्न, आर्थिक उन्नति र प्रगति सहितको सम्बृद्धि हासिलतर्फ पूरापुर लाग्न लगायतका दर्जनौ कार्यक्रमहरु मानव अधिकार तथा शान्ति समाजले गर्दै आएको छ
सौदावाजीको राजनीतिले विधिको शासनको उपहास÷गणतन्त्र दिवसमा २२ जिल्लामा कार्यक्रम
१. हिमालय÷चुरे बचाउन, नदी जोगाउन विशेष कार्ययोजनासहित नीति तर्जुमा गर्नुपर्नेमा उल्टो चुरे सिध्याउने गरि ढुंगा गिटी र बालुवा निकासीका लागि सरकारले अवलम्वन गर्न लागेको घातक नीतिको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको छ । यसैगरी बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको हुँदा त्यस्तो आत्मघाती नीति खारेज गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
२. सोह्रौ गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार, विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम १९ जना व्यक्तिहरुलाई भएको कैद सजाय माफी दिनु दुर्भाग्यपूर्ण छ । शान्ति समाजले सदैव दण्डहिनताको विरोध गर्दै आएको छ र विगतमा पनि यस्तो निर्णयको विरोध गरेको थियो । सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ समेत नआउदै राजनीतिक सौदावाजीका कारण संंवैधानिक प्रावधानको दुरुपयोग गरी भएको यो निर्णयले विधिको शासनको उपहास गरेको छ ।
३. लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर्न आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले २२ जिल्लामा दिप प्रज्वलन, चियापान लगायत कार्यक्रम गरि सोह्रौ गणतन्त्र दिवस मनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, तीन तहको सरकार ः सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर भन्दै शान्ति समाजका चितवन, काठमाण्डौ, नवलपुर, कास्की, मोरङ, दाङ, बागलुङ, कैलाली, पाल्पा, महोत्तरी, रुपन्देही, नुवाकोट, सुर्खेत, पर्सा, झापा, अछाम, सुनसरी, तेह्रथुम, संखुवासभा, बाँके, गुल्मी र इलाम जिल्ला शाखाहरुद्वारा कार्यक्रम गरिएको थियो । समाजका तर्फबाटतर्पmबाट १६ जेठ २०८० मा प्रेस बिज्ञप्ति निकाल्दै मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति महासचिब रेनुका पौडेलले जानाकारी गराउनु भएको हो ।