वक्तव्यले मात्र पुग्छ, विद्युत लाईन जोड्नु पर्दैन? भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठ ?
प्रकाशित मिति: २०८० जेठ १५ भरतपुर चितवन
–टिकाराम भण्डारी
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको प्रमुखले सहयोगी सिपमुलक तालिम केन्द्र भरतपुर-१४ मा गरिब विपन्नहरुलाई आयआर्जनको लागी सिपमुलक तालिममा आवश्यक पर्ने विद्युतीय मिटर माग गर्न जादा विभिन्न बहाना बाजी गरी घुमाउरो पाराले विद्युत लाईन नजोडीदा सिप सिक्न आएका गरिब विपन्नहरुलाई साह्रै नै मर्का परेको छ । पटक पटक आग्रह गर्दा समेत नेपालको कानुन दैवले जानुन् भने जस्तै भएको छ । आज जेठ १५ गणतन्त्र दिवस गरिब र विपन्न हटाउने भनी ल्याइएको गणतन्त्र श्रम, सिप्, रोजगार बाट मात्रै राष्ट्र बन्न सक्छ भनाई छ नेताहरु गणतन्त्र दिवसको शुभकामना दिदै हिडेका छन् । तर नागरिक एक विद्युत मिटर र मिटर बापत धरौटी रकम राख्दा समेत आज १३ औ दिन हुदा समेत विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आफ्नो कमि कमोजरी सच्चाई मिटर जडान गर्नु त कता हो कता वक्तव्य जारी गरी बसेको छ । भरतपुर-११ मा दर्ता रहेको सहयोगी सिपमुलक तालिम केन्द्रको नेपाल सरकारलाई बुझाउनु पर्ने कुनै वक्यौता रकम बाकी छैन । वडामा वार्षिक कर बुझाइएको छ भने आन्तरिक राजस्व कार्यालयमा लेखा परिक्षण गराई कर चुक्ता समेत लिईसकेको र मुलुकी संहिता एन २०७४ को मुलुकी देवानी कार्यविधी संहिता परिच्छेद नं २ को देवानी कानुनका सामान्य सिद्दान्तको परिच्छेद नं १० कसैले पनि आफ्नो गल्ती बाट भएको फाइदा लिन पाउने छैन भनी लेखिएको छ । परिच्छ्दे नं ३ नागरिक अधिकार सम्बन्धी व्यवस्थाको २ मा कुनै पनि नागरिकलाई कानुनको समान संरक्षणबाट वन्चित गराइने छैन भनिएको छ तर विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले सहयोगी सिपमुलक तालिम केन्द्रले बुझाएको मिटरको धरौटी बापत रकम ५,००० र मिटर बापतको ३,१०० बुझेर मिटर जोड्नु त् कता हो कता हो वक्तव्य जारी गरी बहादुरी देखाएका छन् । नागरिकको अधिकारलाई हरण गरी विद्युत लाईन आज १३ दिन सम्म जोडेका छैनन् नियम अनुसार वडाको सिफारिस कम्पनीको प्रमाण पत्र, कर चुक्ता सम्झौता पत्र बुझाइसके पछी नियम अनुसार सबै रकम बुझाउदा समेत के नपुगेको हो त भनी सोध्दा शासक शैलीमा हाम्रो अधिकार क्षेत्र भित्र पर्छ तपाइको लाईन जोड्न पनि सकिन्छ नजोड्न पनि सकिन्छ यस भनाइले के बुझाउछ होला ? नखाएको विष कसैले वक्यौता रकम बुझाउन बाकी छ भने हामीलाई समयमा किन जानकारी गराउनु भएन? भनी सोध्दा यो अफिसको कुरो हो सबै भन्न जरुरी छैन भनी शासक पारामा जवाफ दिनु भयो । प्राधिकरण प्रमुख शासक हुन् कि सेवक हुन् मुस्कान सहितको सेवा हो की कुस्ता कुस्तीको सेवा हो? बुझ्नै गाह्रो भयो भन्छन् स्थानीयहरू । विभिन्न स्थानमा काम अलपत्र पार्दै छोड्ने कार्यले के बुझाउला? जनताले आन्दोलन गरी ल्याएको गणतन्त्र के यहि हो ? भनिन्छ जनता नै सार्वभौम हो तर जनतालाई कार्यालयमा अपमानित गरिन्छ । यसैलाई भनिन्छ गणतन्त्र? जवाफ चाहियो भन्छन् जनता । ढिलासुस्तीले भ्रष्टाचारलाई बढुवा दिन खोजेको त् होइन? बेलैमा सम्बन्धित निकाय चनाखो हुन नसके भ्रष्टाचार बढ्ने कुरामा दुई मत छैन । बेलैमा सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ भनी नागरिक अगुवा बताउछन् । गीतको झल्को आउने गरी काम गर्न भ्याउनु भएको छ । गित नै छनी गाई त पाल्यो ढुंग्रामा मोही छैन गरिबको चमेली बोल्दिने कोही छैन । आज भरतपुर-१४ सम्माननीय प्रधानमन्त्री ज्यूको वडा हो तर त्यही वडाका नागरिकले विद्युत वापतको सबै रकम बुझाउदा पनि १३ औ दिन सम्म विद्युत मिटर नपाई सिलाई कटाई तालिममा टिन मुनिको तातोको सकसमा २५ जनाले तालिम लिई रहेका छन् । सरकारको नीति तथा कार्यक्रममा कोही नेपाली नागरिक विद्युत लाईन बाट बन्चित हुनुपर्नेछैन भनी भनिएता पनि वास्तविकतामा त्यो हुन सकेको छैन । यस भनाई भएता पनि भनाइ अनुसार कार्य नहुदा सरकारको भनाईलाई गिज्ज्याई रहेको त छैन ? नागरिक अगुवाहरु बताउछन चुनावको समयमा सुशासनको ठुला भाषण दिने नेताहरुलाई जनताले सिप तथा तालिममा विद्युत लाईन नपाउदा जनताले यस भनाइलाई गिज्याई त राख्दैनन् ?
नेपलामा नागरिकलाई प्राविधिक सिप दिई दक्षता बनाई उद्योग स्थापना गराउने सरकारको लक्ष्य भएता पनि विद्युत प्राधिकरण भरतपुरका प्रमुख रामु श्रेष्ठ गीतानगर केन्द्रका प्रमुख प्रदिप पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्नुको सट्टा शासकीय पारामा उद्दण्ड व्यवहार देखाइरहेको नागरिक बताउछन् । यस्तो कार्यालय प्रमुख र वितरण केन्द्रको प्रमुखलाई सम्पत्ती सुद्दीकरण आयोगले कहिले कारवाही गर्नेछ भनी पर्खाइमा छन् जनता ।