घुस नपाई काम नगर्ने भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ

Spread the love

मिति: २०८० जेठ १४ मा प्रकाशित

चितवन। भरतपुर महानगरपालिका १० मा रहेको विद्युत प्राधिकरण भरतपुर वितरणका प्रमुख रामु श्रेष्ठले मिटर जडान गरे बापत कमिसन नपाई मिटर जडान गर्दिन भनी फुर्ती लगाएका छन् । जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं १४ को विपन्न नागरिकहरुलाई सिपमुलक सिलाई कटाई तालिम दिन सम्झौता पश्चात वडा कार्यालयको चिठी, कार्यक्रम सम्झौता पत्र, व्यावसायिक दर्ता, कर चुक्ता सहित गीतानगर केन्द्रमा दर्ता गरी प्रक्रिया बमोजिम ३ महिने अस्थायी मिटरको लागी धरौटी बापत रु. पाच हजार र मिटरको रु. ३,१०० बुझाई मिटर जडान बाहेक सम्पूर्ण कार्य सकिए पछी गीतानगर वितरण केन्द्रका प्रमुख प्रदिप पौडेल मार्फत काम अड्काई घुस मागेका हुन् । पटक पटक ताकेता गर्दा आज पैसा बुझाएको १२ दिन हुदा समेत मिटर जोडिदेको छैन । लाइन नहुदा गरिब विपन्नहरुले गर्ने तालिम साह्रै कठिनाई भएको परीक्षार्थी बताउछन् । कपडाको सिलाई तयार भएपछी लाइन बाट आइरन गर्नु पर्ने हुन्छ । परीक्षार्थीले तालिममा गर्नु पर्ने कार्यहरु लाईन बिना सम्भावना हुदैन । त्यसैले प्राधिकरणका प्रमुखले जानाजान घुस मागीरहदा जनप्रतिनिधीहरु बेखबर छन् । यस अगावै प्रसारित समाचारको कुनै गुनासो सुनुवाई भएको छैन ।

प्रमुख जिल्ला अधिकारीलाई समेत मौखिक रुपमा गुनासो सुनाई सकेको बताउनु हुन्छ । प्रमुख जिल्ला अधिकारी बाट पनि मौखिक गुनासो प्रदेश सभासद र संघीय सभासदलाई समेत जानकारी गराई सक्दा पनि गुनासोको सुनुवाई भएको छैन । भरतपुर महानगरपालिका वडा नं १४ मा रहेको शिवनगर प्रा.वी. स्कुल हाल उक्त स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र समेत रहेको छ । उक्त ठाउमा गरिब विपन्न नागरिक २५ जनालाई ३९० घण्टा को सिलाई कटाई तालिम चलिरहेको छ । भनिन्छ घुस लिने र दिने राष्ट्रका शत्रु हुन् । घुस नपाई प्राधिकरणका प्रमुख रामु श्रेष्ठ वरको फाईल पर पनि सार्दैनन् र सहि पनि गर्दैनन् । त्यस्तै भएको छ वाइपास रोडको खानेपानी अगाडी विद्युतका पोलहरु नअताउदा निर्माण कार्य नै रोकिएको छ । कति बेला ठुलो दुर्घटना हुने हो कुनै ठेगान नै छैन ।  कमिसनको चलखेलमा गुणस्तर हिन ट्रान्सफरमर राखी पटक पटक सिस्टम फेल भयो भनी लाईन काटी गर्मी महिनामा जनतालाई सास्ती दिने गरेको चितवन वासी जनता बताउछन् । यस्ता कार्य गर्ने कार्यालय प्रमुख रामु श्रेष्ठलाई कहिले कारबाही होला भनी व्यापक जनगुनासो आउने गरेको पाइन्छ ।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *