भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र
२०८० जेष्ठ ०९ गते मङलवार भरतपुर/चितवन
कुशासन र दण्डहिनता विरुद्ध मानव अधिकार तथा शान्ती समाज चितवन शाखाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुजाएको छ।
नक्कली भुटानि शरणार्थ प्रकरणका मुल दोसिलाइ कानुनी कार्बाहिको दायरामा ल्याउनु पर्ने सु शासनको प्रत्याभुती आर्थिक पार्दर्सिता र जवाफदेहीता सुनिश्चिति गर्नुपर्ने जस्ता माग राखी समाजले ज्ञापनपत्र बुजाएको हो। आजिवन सदस्य पुर्ण चन्द्र चापागाईंले ज्ञापनपत्र वाचन गरेर सुनाउनु भएको थियो, कार्यसमिति सदस्य सुपिर्या सापकोटा र विश्व राज ढुंगानाको उपस्थितमा सभापति शम्भु राउतले जिल्लामा प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुजाउनु भएको हो। चितवन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएसङ्गै मानव अधिकार तथा शान्ति समाजका ४२ वटा जिल्ला शाखाबाट प्रधानमन्त्री कार्यालयमा पुग्ने गरि ज्ञापनपत्र बुझाएको हो । यस्ता किसिमका भ्रष्टाचारका काण्डका चरम रुपहरू पटकपटक अगाडि आउने गरेपनि यसपटक दोषीहरू उम्कन नपाउन निर्दोशिहरू नफसुन भन्ने अभिप्रायले यस्ता दबाबमूलक कार्यक्रमहरू मानव अधिकार तथा शान्ति समाजले चलाउदै आएको छ ।