ज्यादती पनि कति गर्छौ ए विद्युत प्राधिकरण चितवन प्रमुख

Spread the love

भरतपुर चितवन जिल्लामा विद्युत सम्बन्धी लाईन बिस्तार गर्न र उज्यालो चितवन बनाउछु भनेर बसेको विद्युत प्राधिकरण जनता ठग्नमा तल्लिन छ । त्यस्तै भरतपुर महानगरपालिका वडा नं ११ मा दर्ता रहेको सहयोगी सिपमुलक तालिम केन्द्रमा आवश्यक रहेको वडा नं १४ मा तालिम संचालन गरेको ठाउमा वडा कार्यालयको सिफारिस, कार्यक्रमको सम्झौता, व्यवसायीक दर्ता, मुल्य अभिबृधी कर “ भ्याट” को प्रतिलिपी, कर चुक्ता समेत लगी निवेदन प्रक्रीया अनुसार फारम भरी स्विकृती गराई नियम अनुसार लाग्ने धरौटी अक्षेरुपी पाच हजार रुपैया (रु.५०००/-) र मिटर बापतको अक्षेरुपी तिन हजार एक सय रुपैया बुझाई मिटर लिई मिटर जोड्न जादा घुमाउरो भाषामा कमिसन नपाई अस्थायी मिटर जोड्न नसकिने भनी गीतानगर शाखा प्रमुख प्रदिप पौडेलको भनाई हो । यसै गुनासोलाई सम्बोधन हुन्छ कि भनी कार्यालय प्रमुख रामु श्रेष्ठलाई सोध्दा उनको पारा पनि त्यही रह्यो । यस गुनासोलाई प्रमुख जिल्ला अधिकारीलाई मौखिक रुपमा निवेदन दिईसकेको र लिखित निवेदन दिने तयारी भई रहेको जनाईएको छ । निज उपर कस्तो कारबाही रहला त्यो त पछी नै थाहा होला । गर्मी महिनामा पटक पटक लाईन काटिन्छ तर बेलैमा मर्मत संभार भने हुदैन । कमिसनको चलखेलमा गुणस्तर हिन ट्रान्सफर्मर राखी पटक पटक सिस्टम फेल भनी जनतालाई सास्ती दिने गरेको चितवन वासी बताउछन् । जनताले जति पैसा तिरे पनि समस्या भने सम्बोधन नहुने गरेको जनताले सास्ती माथी सास्ती थोपरेको कार्यालय प्रमुख रामु श्रेष्ठलाई कहिले कारबाही होला भनी समय पर्खिरहेको नागरिक बताउछन् ।  यस्ता कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल पक्राउ गरी गोप्य दस्तावेज सिल गरी कारबाही हुनुपर्छ भनी चौतर्फी माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *