मानव अधिकार तथा शान्ती समाजले वितरण गर्यो बालिकालाई छात्रवृत्ति

Spread the love

मानव अधिकार तथा शान्ति समाजले
कर्णाली प्रदेशका दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्दै
मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालिकोट, र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । २०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष रु। १२ हजार छात्रवृत्ति प्रदान गरिने छ । छोरी पढाऔ ः गरिमा बढाऔँ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट शुरु गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष रु। १२ हजारको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यससंगै शान्ति समाजले हरेक वर्ष बालिकाहरुलाई प्रदान गर्ने छात्रवृत्ति संख्या १०४ पुगेको छ । कर्णाली केन्द्रित तीन वर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सभापति रामकृष्ण बरालले २ जना र वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति पुष्पा मल्ल, सचिवहरु लक्ष्मीनारायण मिश्र, अमरबहादुर गौतम, सन्तोष अधिकारी क्षेत्री, प्रकाश शाही, सन्तोष रौनियार, पूर्व सचिव मदन बहादुर कुवँर, केन्द्रीय सदस्यहरु, डि।पी खनाल, तुलसीराम सुनार, अरुण ज्ञवाली, ज्योती बाल्मिकी, निर्मला गुरुङ, अनुजा सैजु, दिवाकर पुडासैनी, प्रतिमा महतो जिल्ला सभापति तथा पदाधिकारीहरु शम्भु राउत, खिम ९कृष्ण० भट्टराई, रेनुका देवकोटा, भानु रिमाल, तिर्थराज न्यौपाने, प्रेम भण्डारी, निलकण्ठ शर्मा, ढुण्डीराज पोखरेल, हरिप्रसाद रेग्मी, सन्तवीर बराल, डोरविक्रम श्रीस, दीपक गौतम, सम्झना बुढा, सुशिला रेग्मी, जीवन के।सी, प्रमोद फुयाल, रमेश बराल, शंकरप्रसाद जोशी आजीवन सदस्यहरु शिवप्रसाद दाहाल, जगन्नाथ पुडासैनी, ईश्वरा लिङदेन, कृष्ण पराजुली, जगन्नाथ अर्याल, जयराम पुडासैनी, सरीफ गहतराज, पुर्णचन्द्र चापागाई, योगेन्द्र कार्की, रविन्द्र आचार्य, रुद्र बहादुर न्यौपाने, मधुराज पौडेल, हरिभक्त पुडासैनी, सुरज बोहरा र सदस्य तथा शुभचिन्तकहरु सृष्टि श्रेष्ठ राजवंशी, बोनिन पिया, जीवन काफ्ले, कमल ढुंगाना, गोपाल बस्याल, सुशील के।सी, ऋषिकेश पुडासैनी, आले लामा, पूर्ण नेपाली, चिरञ्जीवी खनाल, बालदिप कँडेल, सन्तोष शर्मा र मिहुल पुडासैनीका अभिभावकले एक एक जनाको छात्रवृत्ति रकम प्रदान गर्नुहुने भएको छ । साथै आजीवन सदस्यहरु बिष्णु चापागाई र राकेश दास, कोमल डि।सी र माधव बस्नेत, गृष्मा खनाल र दिप्सन खनाल, शैशव खनाल÷आर्या पाण्डेका अभिभावकले ४ जनाको छात्रवृत्ति रकम प्रदान गर्नुहुने भएको छ । मिति २८ वैशाख २०८० मा मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमितिको तर्पmबाट तर्फबाट सभापति रामकृष्ण बरालले प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको हो । मानव अधिकार तथा शान्ति समाजले समाजमा भए घटेका र हुनसक्ने सम्भावनाका विषयमा गहन अध्ययन, अनुसन्धान तथा छलफलबाट त्यसको सकरात्मक प्रभाव छोड्ने गरी पटक पटक दबाबमूलक कार्यक्रमहरु गर्दै आएको छ । लोकतन्त्रमा राजनैतिक पार्टी तथा देशभरका विद्वान तथा बुद्धिजिवी तप्काबाट बारम्बार दबाबमूलक ध्यानाकर्षणको लागि पनि विभिन्न किसिमका कार्यक्रमहरु चलाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *