बेसिक सिलाइ कटाई तालिम कार्यक्रम उद्घाटन सम्पन्न
चितवन। भरतपुर महानगरपालिका वडा नं १४ आयोजक र सेवा प्रदायक संस्था सहयोगी सिपमुलक तालिम केन्द्र भरतपुर ११ द्वारा बेसिक सिलाई कटाई तालिम कार्यक्रम उद्वाटन समारोह भरतपुर महानगरपालिका वडा नं १४ शिवनगरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष राजेन्द्र साँखी, विशिस्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १४ का वडा सदस्य तथा तालिम कार्यक्रम संयोजक चन्द्र मणी पौडेल ,अतिथी वडा नं १४ का वडा सदस्य कृष्णा कुमारी उप्रेती, अतिथी वडा सदस्य देबि नेपाली, अतिथी वडा सचिव चन्द्रकान्त कोइराला, अतिथी ने.क.पा. एमाले प्रतिनिधी कृष्ण प्रसाद सुवेदी, अतिथी रा.प्र.पा. गिरधारी चापागाई, प्रशिक्षक जिता चौधरी, अतिथी चिरफार खबरका समाचारदाता मनिष अर्याल र बेसिक सिलाई कटाई तालिम कार्यक्रमका २५ परिक्षार्थीहरुको उपस्थिती थियो । प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष राजेन्द्र साँखी सहभागीले तालिम अवधी भर इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न आग्रह गर्नुभयो । यो तालिम आफैमा गरिब, बिपन्न, लोपन्मुख, जनजाती नागरिकलाई उच्च सेवा पुर्याउन म र हाम्रो वडा टिम सेवा दिने कुरामा उच्च प्राथमिकतामा छ । सिकेको सीपलाई व्यवहारमा ल्याउन सके उद्यमशीलता र उद्योग मैत्री नेपाल बन्नेमा कुनै बिकल्प छैन । यहाहरुलाई थप तालिम दिन आगामी बजेटमा माग गरिने बताउनु भयो । ३९० घण्टा चल्ने तालिम दैनिक ६ घण्टाको दरले चल्दा यहाहरुको सिप पूर्ण हुने बताउनु भयो । नागरिकको सेवामा १४ नं वडा अध्यक्ष र सम्पुर्ण टिम अहाेरात्र लागिपरेको बताउनु भयो । वडा सदस्य चन्द्र मणी पौडेलले तालिममा सिकेका सिपहरुलाई व्यवहारमा लागु गर्न सके गरिबी निवारण हुने कुरामा दुई मत छैन । इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । वडा सदस्य देबि नेपालीले सम्बोधन गर्नु हुदै तालिम सफलताको शुभकामना दिनु भयो। ने.क.पा. एमालेका नेता कृष्ण प्रसाद सुवेदीले तालिममा सिकेका सीपलाई व्यवहारमा ल्याउन सके मात्र प्रतिफल आउने बताउनु भयो । रा.प्र.पा. का नेता गिरधारी चापागाईले तालिम सिके पछी इमान्दार भई सिकेको तालिमलाई उद्यमी बनी सेवा दिन सके आफ्नो मात्र नभई टोल, नगर, जिल्ला र समग्र देश कै विकासमा फड्को मार्ने बताउनु भयो । महिला हिंसा र झैँ झगडा कम हुने र समुन्नत समाजको निर्माण हुने बताउनु भयो । उक्त बेसिक सिलाई कटाई कार्यक्रम सहयोगी सिपमुलक तालिम केन्द्र का का.मु. प्रमुख देवराज थपलियाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।