बेसिक सिलाइ कटाई तालिम कार्यक्रम उद्घाटन सम्पन्न

Spread the love

चितवन। भरतपुर महानगरपालिका वडा नं १२  आयोजक र सेवा प्रदायक संस्था जनतासेवा सिपमुलक तालिम केन्द्र  भरतपुर १२ द्वारा  बेसिक सिलाई कटाई तालिम कार्यक्रम उद्वाटन समारोह सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष लेखराज पन्त, विशिस्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १२ का महिला वडा सदस्य तथा तालिम कार्यक्रम संयोजक जमुना ढुंगाना, , अतिथी वडा नं १२ का वडा सदस्य मिरा नेपाली, अतिथी वीर बहादुर स्याङतान, अतिथी संजय कुमार थापा, अतिथी वडा सचिव सिता लम्साल, प्रशिक्षक केश कुमारी श्रेष्ठ, सहायक प्रशिक्षक भविसरा काफ्ले, अतिथी चिरफार खबरका समाचारदाता मनिष अर्याल र बेसिक सिलाई कटाई तालिम कार्यक्रमका २० परिक्षार्थीहरुको उपस्थिती थियो । प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष लेखराज पन्तले सहभागीले तालिम अवधी भर इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न आग्रह गर्नुभयो । यो तालिम आफैमा गरिब, बिपन्न, लोपन्मुख, जनजाती नागरिकलाई उच्च सेवा पुर्याउन म र हाम्रो वडा टिम सेवा दिने कुरामा उच्च प्राथमिकतामा छ । सिकेको सीपलाई व्यवहारमा ल्याउन सके उद्यमशीलता र उद्योग मैत्री नेपाल बन्नेमा कुनै बिकल्प छैन । यहाहरुलाई थप तालिम दिन आगामी बजेटमा माग गरिने बताउनु भयो । ३९० घण्टा  चल्ने तालिम दैनिक ६ घण्टाको दरले चल्दा यहाहरुको सिप पूर्ण हुने बताउनु भयो । नागरिकको सेवामा १२ नं वडा अध्यक्ष र सम्पुर्ण टिम अहाेरात्र लागिपरेको बताउनु भयो । वडा सदस्य जमुना ढुंगानाले तालिममा सिकेका सिपहरुलाई व्यवहारमा लागु गर्न सके गरिबी निवारण हुने कुरामा दुई मत छैन । इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । वडा सदस्य मिरा नेपालीले सम्बोधन गर्नु हुदै तालिम सफलताको शुभकामना दिनु भयो। वडा सदस्य वीर बहादुर स्याङ्तानले तालिममा सिकेका सीपलाई व्यवहारमा ल्याउन सके मात्र प्रतिफल आउने बताउनु भयो । वडा सदस्य संजय कुमार थापाले तालिम सिके पछी इमान्दार भई सिकेको तालिमलाई उद्यमी बनी सेवा दिन सके आफ्नो मात्र नभई टोल, नगर, जिल्ला र समग्र देश कै विकासमा फड्को मार्ने बताउनु भयो । महिला हिंसा र झैँ झगडा कम हुने र समुन्नत समाजको निर्माण हुने बताउनु भयो । वडा सचिव सिता लम्सालले महिला देशको मात्र नभई सृष्ट कै आधा अंग हो, महिला खुशी भए घर नै हसिलो र रमाइलो हुने बताउनु हुदै यहाहरुको सीपले घर, परिवार, देश नै खुशी बनाउन योगदान रहोस भनी तालिमका सहभागीहरुलाई शुभकामना दिनु भयो ।   उक्त बेसिक सिलाई कटाई कार्यक्रम जनता सेवा सिपमुलक तालिम केन्द्र का प्रमुख देवराज थपलियाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *