निर्वाचन आचार संहितामा होला त कारबाही ?
चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदको उप निर्वाचनको मतदान प्रक्रिया चलिरहेको अवधिमा फेसबुक लाइभ बसी मतदातालाई ठाडो प्रभाव पर्ने गतिविधी गरी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्दीय सभापती एवं क्षेत्र नं २ का उपनिर्वाचनका उम्मेदवार रवी लामिछानेले निर्वाचन आयोग द्वारा जारी गरिएको आचारसंहिताको ठाडो उलङ्घन गरि प्रत्यक्ष मतदाताको भावनालाई प्रभाव पारी वुथ कब्जा गर्ने प्रयास गरिएकोमा गम्भीर ध्यानाकार्षण भएको नेपाली काग्रेस चितवन जिल्ला सचिव ध्रुव पोख्रेल, राष्ट्रिय नागरिक पार्टी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाट कारबाहीको छुट्टा छुट्टै विज्ञप्ती जारी गरिएको छ । यस्तो अवस्थामा निर्वाचन आचार संहिता विरुद्दको कारबाही गर्न अविलम्ब माग गरिएको छ । के निर्वाचन आयोगले आचार संहिता लगाई कारबाही गर्ला त ? सोचनीय विषय बनेको छ ।