प्रविधी तथा मेसिन औजार हस्तान्तरण कार्यक्रम सम्पन्न

Spread the love

चितवन बागमती प्रदेश सरकार पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, उद्योग वाणिज्य तथा उपोभक्ता हित संरक्षण निर्देशनालय , घरेलु तथा साना उद्योग कार्यालय भरतपुर चितवन बाट सेवा प्रदायक सस्था सफल भविष्य प्रा.ली. भरतपुर १२ लाई २६ थान डोमेस्टिक सिलाई मेशिन, २ थान इन्टरलक्, ४ थान आइरन सहित हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी घरेलु तथा साना उद्योग कार्यालय भरतपुर चितवनका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोखरेल, विशिस्ट अतिथी घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका छैठौ अधिकृत नारायण प्रसाद खनाल, सफल भविष्य प्रा.ली. का कार्यक्रम व्यवस्थापक सरस्वती गौतम, तालिम प्रशिक्षक विद्या श्रेष्ठ, तालिमका सहभागीहरुको बिचमा बोल्दै प्रमुख अतिथी घरेलु तथा साना उद्योग कार्यालय भरतपुर चितवनका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोख्रेलले आवेदनमा परेकाहरुको छानविन गर्दा सफल भविष्य प्रा.ली. ले तालिम र रोजगार सिर्जनामा उल्लेखनीय भूमिका निर्वाह गरेको देखिएकोले आज प्रविधी हस्तान्तरण गरेका छौ ।  आगामी दिनमा सफल भविष्य प्रा.ली. ले अझै उल्लेखनीय रोजगारी सिर्जना गर्ने तालिमहरु प्रदान गरी उद्योगमय चितवन बनाइ सुखी नेपाली समृद्ध नेपाल बनाउनमा उद्योग ग्राम चितवन र रोजगारीको लागी चितवन जाउ भन्ने उदाहरण बनोस भनी शुभकामाना दिनु भयो । विशिष्ट अतिथी घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत नारायण प्रसाद खनालले औद्योगिक उल्लेखेनिय तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने, चितवनलाई औद्योगिकी ग्राम बनाउन विशेष योगदान गर्नुहुने सफल भविष्य प्रा.ली. लाइ धन्यवाद र शुभकामना दिनु हुदै घरेलु तथा साना उद्योग कार्यालय चितवन बाट हस्तान्तरण गरेका मेशिनहरु रोजगारी सिर्जना गर्ने औद्योगिक उत्पादन थप टेवा पुगोस भनी हस्तान्तरण गर्नु भयो । सेवा प्रदायक संस्था सफल भविष्य प्रा.ली. का अध्यक्ष देवराज थपलियाले यस वर्ष औद्योगिक तथा रोजगारी सिर्जना गर्ने तालिम उद्योग मय जिल्ला बनाउन २०७९/०८० मा २५० जनालाई तालिम दिई सक्ने बताउनु भयो । यस संस्थाले गरिबका रेखा मुनिरहेका नागरिक, विपन्न वर्ग, सिमान्तकृत , अल्पसख्यक, जनजाती, दलित, अपांग, विदेश बाट नेपालमा नै उद्योग गर्छु भनी फर्केका हरुलाई तालिम दिई उद्योग प्रवर्धन गर्न तालिम दिई रहेको आगामी वर्ष यस्तै रोजगारी सिर्जाना गर्ने, उद्यमशीलता बढाउने, उद्योग स्थापनाको लागी विशेष तालिम प्रदान गरिने बताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालय चितवन बाट प्रदान गरिएको प्रविधी, मेसिन, औजार हस्तान्तरण भएका सामानहरु रोजगारी सिर्जनाको लागी बताउनु भयो । हामी घरेलु तथा साना उद्योग कार्यालय चितवन बाट ऋणी छौ भनी रोजगारी सिर्जना गरी उद्योग स्थापाना गर्न दिएको जिम्मेवारी पुरा गर्ने छौ भनी सम्बोधन गर्नु भयो ।कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोख्रेल , अधिकृत नारायण प्रसाद खनाल, लेखापाल राजेन्द्र कुमाल लगायत प्रविधी, मेसिन, औजार हस्तान्तरण समितिका सम्पूर्ण टिमलाई धन्यवाद प्रकट गर्दै प्रविधी, मेसिन, औजार हस्तान्तरण कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *