भरतपुर महानगरपालिका वडा नं २० द्वारा बेसिक इलेक्ट्रीसियन र ब्युटिसियन तालिम सम्पन्न

Spread the love

भरतपुर महानगरपालिका वडा नं २० द्वारा बेसिक इलेक्ट्रीसियन र ब्युटिसियन तालिम सम्पन्न गरेको छ ।  बेसिक इलेक्ट्रीसियनमा १४ जना सहभागी थिए भने ब्युटिसियन तर्फ २८ जनाको सहभागिता थियो । समापन कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिकाका उप-मेयर चित्रसेन अधिकारी, विशिस्ट अतिथी वडा नं २० का महिला वडा सदस्य प्रभा शर्मा कोइराला, विशिस्ट अतिथी वडा नं २० का वडा सदस्य भोजराज लामिछाने, विशिस्ट अतिथी भरतपुर महानगरपालिका २० का लेखापाल राजु बेलबासे, बेसिक इलेक्ट्रीसियन र ब्युटिसियन तालिम सेवा प्रदायक संस्थाका कार्यवाहक प्रमुख देवराज थपलिया, प्रशिक्षक ब्युटिसियन तर्फ सिर्जना शर्मा पौडेल प्रशिक्षक प्रमिला श्रेष्ठ, बेसिक इलेक्ट्रीसियन तर्फ प्रशिक्षक अर्जुन तामाङ, सहायक प्रशिक्षक कासिराम दवाडी, चिरफार खबरका संवाददाता मनिष अर्याल, सुपरभाइजर रेशम कडेल तालिमका सहभागीहरु इलेक्ट्रीसियन तर्फ दिप्सन शर्मा, सुसान्त परियार, इराज परियार, सन्त कुमार महतो, पुरण अधिकारी,  मिना कुमाल, अर्जुन भुसाल, नारन थापा, मुक्त बहादुर राना, बिनय घिमिरे, राजकुमार दराई, करन भुजेल, संजय न्यौपाने रहनु भएको थियो भने वेसिक ब्युटिसियन तर्फ तुलसी लामा, अन्जु गौतम, सविता पौडेल गौतम, सुनिता गुरुङ, रन्जिता जमरकट्टेल, लेखा कुमारी महतो, मंजु तामाङ गुरुङ, रतिमाया तामाङ पाख्रीन, देवकी महतो, बिना कुमारी परियार, सविता दवाडी पौडेल, अनु गुरुङ, सिम्रन भट्टराई, उर्मिला बसेल, निशा वि.क. सम्झना परियार, एलिषा तामाङ, पुजा ठकुरी, हरिकला कडेल, विमला गुरुङ, सुष्मा तामाङ, मैया पाण्डे, गायत्री दुलाल बराल, सुष्मा थापा, संगीता शर्मा, कमला काफ्ले, छविमाया घले,सुष्मा अधिकारी तालिममा सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानागर्पालिकाका उपमेयर चित्रसेन अधिकारीले तालिममा सहभागीहरुलाई सम्बोधन गर्दै तालिममा सिकेका सिपहरुलाई व्यवहारमा ल्याई उद्यमी बन्न आग्रह गर्नु भयो । भरतपुर महानगरपालिका र म उपमेयर चित्रसेन अधिकारी यहाहरुको दिनरात सहयोग गर्न तयार छ , यहाहरुले सिकेको सीपलाई व्यवहारमा ल्याई उद्यमी बनी आयार्जान गर्न अघि बढ्नुस भनी शुभकामना दिनु भयो । विशिस्ट अतिथी भरतपुर महानगरपालिका वडा नं २० का महिला सदस्य प्रभा शर्मा कोइरालाले सिकेको सीपलाई व्यवहारमा ल्याउन सके आयआर्जन वृद्द भई सफल नागरिक बन्ने प्रेरणा मिल्ने बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं २० का वडा सदस्य भोजराज लामिछानेले तालिमका सहभागीहरुलाई शुभकामना दिनु हुदै सफल भविष्यको कामना गर्नु भयो । भरतपुर महानगरपालिका २० का लेखापाल राजु वेलवासेले तालिमका सहभागीहरुलाई शुभकामना दिनु हुदै सिकेको सीपलाई व्यवहारमा ल्याई उद्यमी बन्न आग्रह गर्नु भयो । भरतपुर महानगरपालिका वडा नं २० का अध्यक्ष मुक्ती प्रसाद घलेले तालिमका सहभागीहरुलाई सम्बोधन गर्नु हुदै कर्तव्यनिष्ठ भइ सिक्नु भएको सीपलाई म सम्मान गर्दछु , यहाहरु उद्यमी बनी आफ्नो भविष्य सफल बनाउन लाग्नुस भनी सम्बोधन गर्नु भयो । अपुरा रहेका सिपहरुलाई आगामी वर्षको बजेटमा सम्बोधन गरिने बताउनु भयो । इमान्दार र  कर्तव्यनिष्ठ रहन सके व्यवसायी र उधमी बन्न कुनै कठिनाइ नहुने र समस्या परे २० नम्बर वडा र म अध्यक्ष मुक्ती प्रसाद घले यहाहरुलाई सहयोग गर्न तयार छ भनी सहभागीहरुलाई सम्बोधन गर्नु भयो । बेसिक इलेक्ट्रीसियन र ब्युटिसियन तालिम समापन कार्यक्रमको  सभापतीत्व भरतपुर महानगरपालिका वडा नं २० का वडा अध्यक्ष मुक्ती प्रसाद घलेको अध्यक्षतामा सम्पन्न भयो ।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *