नेपाली काग्रेस भरतपुर ११ द्वारा शुभकामना आदानप्रदान सम्पन्न
नेपाली भरतपुर महानगरपालिका वडा नं ११ द्वारा नया वर्ष २०८० को अग्रीम शूभकामना आदानप्रदान सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस केन्द्रीय कार्यालयका सह महामन्त्री बद्री पाण्डे, विशिष्ट अतिथी नेपाली काग्रेस जिल्ला उपसभापती राजीव न्यौपाने, प्रदेश उपसभापती महेन्द्र कौडाल, प्रदेश प्रतिनिधी लक्ष्मी प्रभा पन्त, चितवन क्षेत्र नं २ का सचिव निर्मल राना, चितवन क्षेत्र नं २ का उम्मेदवार तथा पुर्व सभापती जित नारायण श्रेष्ठ, प्रदेश सभापती, प्रदेश उपसभापती प्रदेश प्रतिनिधी,क्षेत्र्रिय सभापती, क्षेत्रीय अध्यक्ष, सचिव, नगर पदाधिकारी, क्षेत्रीय प्रतिनिधी, वडा समिती, क्रियाशील सदस्य, शुभेच्छुक लगायतको उपस्थित थियो । कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेस केन्द्रीय कार्यालयका सह महामन्त्री बद्री पाण्डेले लोकतन्त्रको लागी लड्ने होनाहार युवा, निडर, विकासप्रेमी नेता जितनारायण श्रेष्ठलाई जिताउनुको विकल्प नरहेको सबैको सामु बताउनु भयो । चितवनमा विकासको लागी लागीपर्ने होनाहार युवा भएकाले सबै मिली जिताउन आग्रह गर्नु भयो ।
क्षेत्र नं २ का उम्मेदवार जित नारायण श्रेष्ठले आफुले चुनाव जितेमा विकासको मूल फुटाउने, सुशासन, भ्रस्टाचार मुक्त समाज, ढिलासुस्तीको अन्त्य, शिक्षा, स्वास्थ, रोजगार, गाउ गाउमा तालिम र उधोग र उध्मीको सिर्जना, सस्तो व्याजदरमा व्यवसायीलाई राहत, कुलो,बाटो,खानेपानी,कृषिमा आधुनिकीकरणको व्यवस्था गरिने बताउनु भयो । चितवन बासीको शिर उच्च राख्न सदैव चनाखो रहेने बताउनु भयो । मलाइ चुनवामा जिताउदा यहाहरुको न्याय हुने बताउनु भयो । शुभकामना कार्यक्रमलाई स्वागत मन्तव दिदै वडा उपसभापती बिष्णु प्रसाद न्यौपानेले जित नारायणको जित नै हामी सबैको जित हो भन्दै हामी सबै एक भई जिताउन आग्रह गर्नु भयो । शुभकामना कार्यक्रममा नेपाली काग्रेस कार्यकर्ताको ठुलो सख्यामा सहभागिता थियो । उक्त कार्यक्रमको उद्घोषण वडा सचिव कुल प्रसाद कडेलले गर्नु भएको थियो भने शुभकामना कार्यक्रम नेपाली काग्रेस वडा नं ११ का वडा सभापती अमर बहादुर लामाको सभापतित्वमा सम्पन्न भयो ।