खाद्य प्रशोधन तालिम सम्पन्न
काठमाडौं लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र त्रिपुरेश्वरले १० दिने खाद्य प्रशोधन तालिम नेपाल निजामती कर्मचारी श्रीमती संघको पदाधिकारीलाई तालिम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथी लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र त्रिपुरेश्वरका कार्यकारी प्रमुख विष्णु प्रसाद भुषाल, विशिस्ट अतिथी तालिम शाखा प्रमुख सी.डी.ई. अमित आचार्य, लेखा अधिकृत विकि झा, अतिथीहरु मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठ, अतिथी निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष राधा ज्ञवाली, सुचना अधिकारी उमेशमान जोशी, लेखापाल डन्डपाणि कडेल,नारायण भुषाल, उमा देवी पौडेल, कम्प्युटर अपरेटर सन्ताेष घिमिरे , गीता पन्थी लगायत लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका सबै कर्मचारी उपस्थित थिए । खाद्य प्रशोधन (अचार बनाउने) तालिम निजामती कर्मचारी श्रीमती संघका ३१ जना पदाधिकारीलाई तालिम दिइएको थियो । तालिम सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी विष्णु प्रसाद भुषालले सहभागीलाई सिकेको तालिम व्यवहारमा ल्याउन अनुरोध गर्नु भयो । विशिस्ट अतिथी तालिम शाखा प्रमुख सी.डी.ई. अमित आचार्यले सिकेको सीपलाई नेपाल निजामती कर्मचारी श्रीमती संघको लोगो राखी उत्पादन गरी बजारमा ल्याउन अनुरोध गर्नुभयो । अतिथी नेपाल निजामती कर्मचारी श्रीमती संघको अध्यक्ष राधा ज्ञवालीले श्रीमती संघको पदाधिकारीले सिकेको सीपलाई व्यवहारमा ल्याई नमुना उद्यमी बन्ने धारणा व्यक्त गर्नु भयो । प्रशिक्षक अनिता गौतम रहनु भयो भने कार्यक्रमको उद्घोषण र सहजीकरण मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रम नेपाल निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष राधा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भयो ।