१८० किलो लागु औषध गाँजा, ट्रक सहित एक जना नियन्त्रणमा

Spread the love


जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाको आधारमा जिल्ला चितवन राप्ती न.पा. १ लोथर स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा मिति २०७९/१२/२४ गते बिहान ०६:३० बजेको समयमा पश्चिम भण्डारा तर्फबाट लोथर तर्फ आउदै गरेको भारतिय नं. प्लेट BR-06G 2128 भएको सवारी साधन (ट्रक) लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाई सो फल्स बटममा प्लास्टिकले बेरिएका १६ वटा पोका बनाई लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा १८० किलो ग्राम फेला परेको हुँदा उक्त (ट्रक) चालक देश भारत पूर्वी चम्पारण बिहार रक्सौल बस्ने बर्ष ३० को कुन्दन पटेललाई उल्लेखित परिमाणको ला.औ. गाँजा र सवारी साधन (ट्रक) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले पत्रकार सम्मेल्न मार्फत बताउनु भयो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की चितवन सरुवा भइ आएदेखी चितवनको शान्ती सुरक्षाको अवस्था अत्यन्त कडा बनाइएको नागरिकहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *