खुशी र सुखका साथ आफुलाई बदलौ भन्ने नाराको साथ महिला नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
चितवन भरतपुर महानगरपालिका_१२ मा नेपाली कांग्रेस वडा कार्य समिती भरतपुर १२ द्वारा खुशी र सुखका साथ आफुलाई बदलौ भन्ने नाराको साथ महिला नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस जिल्ला कार्य समितिका सभापती श्री राजेश्वर खनाल , विशिष्ट अतिथी नेपाली काग्रेस जिल्ला सदस्य श्री ध्रुवराज पोख्रेल, विशिष्ट अतिथी नेपाल महिला संघ जिल्ला अध्यक्ष श्री पार्वती शाह ठकुरी, विशिष्ट अतिथी निवर्तमान जिल्ला सभापती श्री जितनारायण श्रेष्ठ, अतिथीहरु केन्द्रीय प्रशिक्षक श्री बिदुर केसी, बागमती प्रदेश सदस्य श्री निर्मला पण्डित र श्री देवकी गाैतम, २ नं. क्षेत्रीय सभापति श्री भरत लामिछाने, २ (ख)का सचिव श्री निर्मल राना लगायत अन्य ब्यक्तिहरुकाे उपस्थित थियो ।
प्रमुख अतिथी नेपाली काग्रेस जिल्ला सभापती राजेश्वर खनालले – महिलाहरु चनाखो हुन सके देश विकासमा फड्को मार्नेमा दुई मत छैन, नेपाली काग्रेस जिल्ला शाखाले महिला विकासको लागी महत्वपूर्ण तरिकाले काम गरिरहेको छ, हरेक ठाउमा महिलाको सहभागिताको लागी उचित स्थान दिइएको छ । आगामी दिनमा महिला सशक्तिकरण, महिला नेतृत्व, महिला सहभागितालाई अझै उच्च प्राथमिकतामा राखी व्यवहारमा ल्याइने छ, भन्नुभयाे। २०८० वैशाख १० गते हुने उप-निर्वाचनमा महिलाहरु एक जुट भई गठबन्धन दलका साझा उम्मेदवार निवर्तमान सभापती, सामाजिक अभियन्ता, क्षमतावान नेतृत्व गर्न सक्ने जितनारायण श्रेष्ठलाई जिताउन सबैजना एकजुट हुनैपर्छ, पार्टीको होनाहार नेता, प्रस्ट वक्ता, विकास प्रेमी नेता भएकोले हामी सबैले हातमा हात, काँधमा काँध मिलाई अहाेरात्र खटी वैशाख १० मा हुने उपनिर्वाचनमा विजय प्राप्त गरेपछी मात्र विश्राम लिनु पर्ने बताउनु भयो । कार्यक्रमको विशिस्ट अतिथी निवर्तमान सभापती जितनारायण श्रेष्ठले विकास निर्माण, सामाजिक चेतना, शिक्षा, युवा रोजगार, खानेपानी, ढल, जल जगलको संरक्षण, भ्रष्टाचार मुक्त समाज, ढिलासुस्ती, अनियमितता, स्वदेशमा नै उद्योग कलकारखाना खोली विदेशमा रहेका नेपालीलाई स्वदेशमा नै फर्काउने र रोजगारी दिने कार्य गर्नेछु, यहाहरुले जिताउनु भयो भने यहाहरुको वाचा पुरा गर्ने छु भनी सम्बोधन गर्नु भयो । नेपाली काग्रेस १२ नं. वडाका सभापती चित्र बहादुर भण्डारीले वडाको विकास, न्याय, शिक्षा,युवा रोजगार, ढल, खानेपानीको विषयमा जिल्ला सभापतीको ध्यानकर्षण गराउनु भयो ।
एक दिने उक्त कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य निर्मला पंडितले महिला क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण दिनु भयो ।
उक्त कार्यक्रमकाे संयाेजन १२नं. वडा महिला सचिव एवं महिला विकास तथा क्षमता अभिवृद्धि विषयेक कार्यक्रमका संयाेजक शान्तादेवि सेढाईले गर्नु भएकाे थियाे।
वडा सभापति श्री चित्रबहादुर भण्डारीकाे सभापतित्वमा भएको उक्त कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले गर्नु भएकाे हाे। उक्त कार्यक्रमकाे संचालन तथा उद्घघाेषण नेपाली कांग्रेसका वडा सचिव श्री बालकृष्ण शर्माले गर्नु भयाे र अन्तमा कार्यक्रमका संयाेजक शान्तादेवि सेढाईले समापन गर्नुभएको थियाे।