एमालेबाट रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता
-मनिष अर्याल
चैत्र २० , चितवन । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चितवन–२ को उपनिर्वाचनको लागि उम्मेदवारमा मनोनयन दर्ता गरेका छन् ।
एमाले पोलिटव्युरो सदस्य गोकुल बास्कोटाको नेतृत्वमा चितवनका शीर्ष नेता, कार्यकर्ता र समर्थकको भीडसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।
नागरिकता विवादमा अदालतले रविको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । चितवन–२ मा यसअघि रास्वपा सभापति लामिछाने र कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराइसकेका छन् ।