महिला नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम उद्घाटन सम्पन्न

Spread the love

 चितवन भरतपुर १२ द्वारा नेपाली काग्रेस, भरतपुर महानगरपालिका वडा कार्य समिती भरतपुर १२ द्वारा खुशी र सुखका साथ् आफुलाई बदलौ भन्ने नाराको साथ् महिला नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम १८ गते शनिबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस जिल्ला कार्य समितिका सभापती राजेश्वर खनाल , विशिस्ट अतिथी नेपाली काग्रेस जिल्ला सदस्य ध्रुव राज पोख्रेल , विशिस्ट अतिथी पार्वती शाह ठकुरी नेपाल महिला सघ जिल्ला सदस्य, विशिस्ट अतिथी पुर्व सभापती जित नारायण श्रेष्ठ, अतिथीहरु बागमती प्रदेश सदस्य निर्मला पण्डित, क्षेत्रीय सचिव निर्मल राना, देवकी गौतम लगायतको उपस्थित थियो । प्रमुख अतिथी नेपाली काग्रेस जिल्ला सभापती राजेश्वर खनाले महिलाहरु चनाखो हुन सके देश विकासमा फड्को मार्नेमा दुई मत छैन नेपाली काग्रेस जिल्ला शाखाले महिला विकासको लागी महत्वपूर्ण तरिकाले हेरिएको छः हरेक ठाउमा महिलाको सहभागिताको लागी उचित स्थान दिइएको छ । आगामी दिनमा महिला सशक्तिकरण, महिला नेतृत्व, महिला सहभागिता उच्च प्राथमिकतामा राखी व्यवहारमा ल्याइने छ । २०८० वैशाख १० गते हुने उप-निर्वाचनमा महिलाहरु एक जुट भई गठबन्धन दलको साझा उम्मेदवार पुर्व सभापती, सामाजिक अभियन्ता, क्षमतावान नेतृत्व गर्न सक्ने जित नारायण श्रेष्ठलाई जिताउन सबैजना एक जुट हुनुमा दुई विकल्प छैन, पार्टीको होनाहार नेता, प्रस्ट वक्ता, विकास प्रेमी नेता भएकोले हामी सबै लागी हातमा हात, काधमा काध मिलाई अवारात्र खटी वैशाख १० पछी मात्र विश्राम लिनु पर्ने बताउनु भयो । कार्यक्रमको विशिस्ट अतिथी पुर्व सभापती जित नारायण श्रेष्ठले विकास निर्माण, सामाजिक चेतना, शिक्षा, युवा रोजगार, खानेपानी, ढल, जल जगलको संरक्षण, भ्रर्स्ताचार मुक्त समाज, ढिलासुस्ती, अनियमितता, विदेशमा रहेका उद्योग कलकारखाना खोली विदेशमा रहेका नेपालीलाई स्वदेशमा नै फर्काउने र रोजगारी दिने कार्यमा यहाहरुले जिताउनु भयो भने यहाहरुको वाचा पुरा गर्ने छु भनी सम्बोधन गर्नु भयो । नेपाली काग्रेस वडा नम्बर १२ का सभापती चित्र बहादुर भण्डारीले वडाको विकास, न्याय, शिक्षा,युवा रोजगार, ढल, खानेपानीको विषयमा जिल्ला सभापतीको ध्यानकर्षण गराउनु भयो । एक दिन चल्ने महिला विकास प्रशिक्षण नेपाली काग्रेस बागमती प्रदेश सदस्य निर्मला पंडितले प्रशिक्षण दिने बताउनु भयो । कार्यक्रमकाे सयाेजक सान्ता देबि सेडाईले गर्नु भयाे भने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम उद्घाटन नेपाली काग्रेस जिल्ला सभापति राजेस्वर खनालले गर्नु भयाे । कार्यक्रमकाे उद्घाेषण नेपाली काग्रेस वडा सचिव बाल कृण्ण सर्माले गर्नु भयाे। नेपाली काग्रेस वडा १२  सभापती चित्र बहादुर भण्डारीको सभापतित्वमा उद्घाटन सम्पन्न भयो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *