मानव अधिकार तथा शान्ति समाज चितवन द्वारा अन्तरक्रीया कार्यक्रम सम्पन्न
मानव अधिकार तथा शान्ति समाज चितवन जिल्ला शाखाको आयोजनामा “लोकतन्त्रको १७ वर्ष ः संक्रमणकालीन न्याय अलपत्र” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकाे प्रमुख वक्ता बरिष्ठ अधिवक्ता शान्ति समाजका पुर्व केन्द्रीय उपसभापति श्री उद्धव लाेहनि हुनुहुन्थ्याे । कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति कृष्ण रावल , नेपाली कांग्रेसका जिल्ला सचिव सुर्य अर्याल , नेकपा समाजवादीका जिल्ला सदस्य रामचन्द्र देवकोटा , चितवन जिल्ला वार एसाेसियसनका अध्यक्ष खगराज कंडेल , शान्ति समाज चितवन शाखाका सल्लाहकार शिक्षाविद् प्रकाश अधिकारी , पुर्व केन्द्रीय सचिव बाबुहरि आचार्य , शान्ति समाजका केन्द्रीय सदस्य बिनाेद कुमार अधिकारी , मानव अधिकार संरक्षण मंचकि अध्यक्ष कल्पना उप्रेती , मानव अधिकार संजालका अध्यक्ष दिपक लामिछाने , शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयाेजक रामचन्द्र आचार्य , दण्ड पिडित महिला संघकि जिल्ला उपाध्यक्ष लालकुमारि सिलवाल , आदर्श नारि विकास केन्द्रकि कार्यक्रम संयाेजक सरिता पाैडेल लगायतले शान्ति समाजकाे केन्द्रले तयार पारेको अवधारणा पत्र माथि आ-आफ्नो धारणा राख्नु भएको थियाे भने केन्द्रकाे अवधारणा पत्र केन्द्रीय उपसभापति राजेन्द्र पाैडेलले प्रस्तुत गर्नुभएको थियाे । चितवन शाखाका सभापति शम्भु राउतकाे सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उपसभापति भवानी अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियोे भने कार्यक्रमकाे सहजिकरण शाखाका सचिव जीवन के सी ले गर्नुभएको थियाे । उक्त कार्यक्रममा सहभागीहरू तुलमान गुरुङ, पूर्ण चन्द्र चापागाईं, सुप्रीया सापकोटा, कबिता पोख्रेल, अबिशा कोइराला, खेमराज अधिकारी, शशिकला धिताल, सुशील राना, रघुनाथ पौडेल, माया पोख्रेल, देवि सुवेदी, झलक प्रसाद अधिकारी, तारा पौडेल, लक्ष्मी सुवेदी लगायत हुनुहुन्थ्यो । मानव अधिकार तथा शान्ति समाज चितवन लगायत देशैभरका शाखाहरूमा लोकतान्त्रको १७ बर्ष संक्रमणकालिन न्याय अलपत्र बिषयमा अन्तरक्रिया भएको थियो । निर्धारित समयमा कार्यक्रम सन्चालन गर्ने समाजको प्रचलन अनुसार नै तोकिएको समय ०३ बजे कार्यक्रम शुरु गरि तोकिएको समयमा ०५ बजे नै कार्यक्रमको समापन समेत गरिएको थियो ।