मनोसामाजिक मनोविमर्श सेवा सम्बन्धी तालिम उद्घाटन सम्पन्न
चितवन भरतपुर राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरको आयोजना तथा अटिज्म केयर चितवन सोसाइटी र भरतपुर महानगरपालिकाको सहयोग तथा समन्वयमा २ दिने मनोसामाजिक मनोविमर्श प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा सम्पन्न भएको छ।सोही कार्यक्रमका प्रमुख अथिती भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत अनिमा पौडेल , विशिष्ट अतिथि हिमालय आ.वि.भरतपुर ११ का विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अधिवक्ता जगन्नाथ भन्डारी , अतिथि अटिज्म केयर चितवनका अध्यक्ष निर्मला डल्लकोटी, शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण पौडेल , विद्यालय सल्लाहाकार समिती संयोजक खेमराज ओस्ति, विद्यालय व्यवस्थापन समितीका सदस्य महमद रफिक मिया ,अतिथी गोपाल भन्डारी, लेखनाथ पोख्रेल, प्र.अ. टंक प्रसाद न्यौपाने, स.प्र.अ. ऋषिराम दवाडी , शिक्षक प्रतिनिधि प्रकाश तिम्सिना , हिमालयन आ. वि. का प्र.अ. डिल्लिरमण तिवारी, आ. वि. ठिमुराका प्र. अ. ज्योति नारायण ढकाल रहनुभएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत अनिमा पौडेल द्वारा व्यानर वाचन गर्दै शुभकामना मन्तव्य दिनुभयो । उहाँले मन्तव्यको क्रममा वालवालिकाहरुमा देखिएका समस्याहरु नजिकबाट नियाल्ने व्यक्तित्व शिक्षक नै हुने भएकोले यस कार्यक्रम शिक्षकका लागी नै उपयुक्त देखिएकोले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यस कार्यक्रममा ७ ओटा विद्यालयका प्रतिनिधिहरु सहित ३७ जना शिक्षकहरुको सहभागिता रहेको थियो। कार्यक्रममा आफ्ना मन्तव्य दिने क्रममा कृष्णपुर माद्यामिक विद्यालयका प्र. अ. टंक प्रसाद न्याैपानेले भगिनी विद्यालयको अवधारणा अनुरुप राष्ट्रिय माद्यामिक विद्यालय कृष्णपुर र हिमालय आधारभूत विद्यालय विच भगिनी रुपमा रहि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो। अटिजम केयर चितवन सोसाइटीका अध्यक्ष निर्मला डल्लाकोटिले आफ्ना भनाइहरु प्रस्तुत गर्दै शुभकामना दिनुभएको थियो। कार्यक्रममा यसै राष्ट्रिय मा.वि. कृष्णपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भरतपुर महानगर वार्ड नम्बर ७ का वार्ड अध्यक्ष, प्रतिभाशाली व्यक्तित्व तथा विकासप्रेमी सामाजिक अभियान्ता राजेन्द्र मणि काफ्लेले आफ्ना मन्तव्य दिने क्रममा हरेक वालवालिकामा कानुनी , सामाजिक, तथा नैतिक शिक्षाको ज्ञान अपरिहार्य भएको बताउनुभयो।उहाँले जहाँ सामाजिक भाव र नैतिकता छैन त्यो समाज कहिले पनि विकास हुन नसक्ने भएकोले व्यवहारिक ज्ञान हुन जरुरी रहेको बताउनुभयो। मन्तव्यकै क्रममा वालवालिका तथा ज्येष्ठ नागरिक साथै शिक्षा र स्वास्थ्यमा भरतपुर महानगरले विशेष जोड दिनुपर्ने कुरा औल्याउँदै विद्यालयमा कुनै पनि किसिमको राजनिती नगरी नयाँ प्रविधिको उपयोग गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो। उक्त कार्यक्रममा प्रशिक्षक लेखनाथ पाेख्रेल रहनुभएको थियो भने सोहि कार्यक्रमको उद्घोषक यसै विद्यालयका स. प्र.अ. बाबुराम पौडेल रहनुभएको थियो।उक्त कार्यक्रम भरतपुर महानगर वार्डनम्बर ७ का वार्ड अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मणि काफ्लेको अध्यक्षतामा सम्पन्न भयो।