भरतपुर महानगरपालिका वडा नं १ द्वारा बेसिक सिलाई कटाई तालिम उद्घाटन सम्पन्न
चितवन भरतपुर महानगरपालिका वडा नं १ द्वारा आयोजित बेसिक सिलाई कटाई तालिम कार्यक्रम उद्वाटन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जन, विशिस्ट अतिथी महिला वडा सदस्य रमा परियार, विशिस्ट अतिथी वडा सदस्य मनोज घिमिरे , विशिस्ट अतिथी वडा सदस्य राजु गुरुङ, विशिस्ट अतिथी वडा सचिव शिवजी अधिकारी, अतिथी आधारभूत विद्यालय ठिमुरा प्र.अ. ज्योति नारायण ढकाल, प्रशिक्षक विद्या श्रेष्ठ, चिरफार खबरका संवाददाता मनिष अर्याल, सफल भविष्य प्रा.ली. का सुपरभाइजर रेशम कडेल र बेसिक सिलाई कटाई तालिम कार्यक्रमका परिक्षार्थीहरु मिरा प्रजा, सुनिता प्रजा, देवी अर्याल, स्मृती अधिकारी, रिनु थापा क्षेत्री, कान्ता कोइराला, सुजिता भट्ट वाग्ले, बालकुमारी चेपाङ , सोनीका गुरुङ, सम्झना गुरुङ, अनिसा गुरुङ, सुष्मा भट्टराई, माया गुरुङ, चिनुमाया गुरुङ, पवित्रा गुरुङ, सरस्वती अधिकारी गौतम, लक्ष्मी प्रजा, प्रमिला प्रजा, रीमा प्रजा, ममता प्रजा, दिलमाया प्रजा, पुजा गुरुङ, धनमाया गुरुङ, सरला गुरुङ, गोमा गुरुङ, सृजना गुरुङ, दिप्सना पौडेल, सुजता प्रजा, लक्ष्मी आले प्रजा, ज्योती वि.क. राधा वाग्ले, सिर्जना गुरुङ लगायतको उपस्थित थियो । प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष केशव महर्जनले सहभागीले तालिम अवधी भर इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न आग्रह गर्नुभयो । ठिमुरा आफैमा गरिब, बिपन्न, लोपन्मुख, जनजाती, बसोबास रहेको बस्ती हो । यहाको नागरिकलाई उच्च सेवा पुर्याउन म र हाम्रो वडा टिम सेवा दिने कुरामा उच्च प्राथमिकतामा छ । सिकेको सीपलाई व्यवहारमा ल्याउन सके उद्यमशीलता र उद्योग मैत्री ठिमुरा बन्नेमा कुनै बिकल्प छैन । यहाहरुलाई थप तालिम दिन आगामी बजेटमा समावेश गरिने बताउनु भयो । ६६ दिन चल्ने तालिम दैनिक ६ घण्टाको दरले चल्दा यहाहरुको सिप पूर्ण हुने बताउनु भयो । नागरिकको सेवामा १ नं वडा अध्यक्ष र सम्पुर्ण टिम अवारात्र लागिपरेको बताउनु भयो । वडा सदस्य मनोज घिमिरेले तालिममा सिकेका सिपहरुलाई व्यवहारमा लागु गर्न सके गरिबी निवारण हुने कुरामा दुई मत छैन । इमान्दार र निरन्तर उपस्थित भइ तालिम सिक्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । उक्त बेसिक सिलाई कटाई उद्घाटन कार्यक्रम सफल भविष्य प्रा.ली. का अध्यक्ष देबराज थपलियाको अध्यक्षतामा उद्वाटन कार्यक्रम सम्पन्न भयो ।