समाचार

बौद्दिक अपांगता अभिभावक संघ द्वारा विविध कार्यक्रम उद्घाटन सम्पन्न

Spread the love

-मनिष अर्याल

उपमेयर: चित्रसेन अधिकारी
वडा नं १५ अध्यक्ष : श्री कृष्ण देबकोटा

चितवन भरतपुर महानगरपालिका वडा नं १५ मंगलपुर गार्डेन रिसोर्टमा भएको बौद्दिक अपांगताको परिचय र उनीहरुको संरक्षण संवर्धन सम्बन्धी सचेतना गोष्ठी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, विशिस्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्री कृष्ण देबकोटा, नेत्रहिन संघका अध्यक्ष संजय अर्याल, अतिथीहरु भरतपुर महानगरपालिका १६ का वडा सदस्य दुर्गा सोडारी रेग्मी, अपांग संघ चितवनका अध्यक्ष होमनाथ अधिकारी, चितवन बहिरा संघका अध्यक्ष विष्णु कुमारी पौडेल, वडा नं १५ फुलबारी स्वास्थ्य चौकीका इन्चार्ज सुनिता सुवेदी, बौद्दिक अपांगता संघको कार्यसमिती सदस्य चन्द्र प्रकाश अधिकारी , श्री पुर मा.वी का प्र.अ., विश्व प्रकाश उच्च मा.वी. का प्र.अ. लगायत बुद्दीजीविहरु उपस्थित थिए ।  प्रमुख अतिथी भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले बौद्दिक अपांगता भएका नानीबाबुहरुलाई छुट्टै स्कुल बनाई वैज्ञानिक ढंगबाट पठन-पाठन र औद्योगिक प्रवर्धनका लागी जग्गाको व्यवस्थापन भइसकेको र आगामी वर्षको बजेट व्यवस्थापन गरी विद्यालय निर्माण गरिने बताउनु भयो । विशिस्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्री कृष्ण देबकोटाले बौद्दिक अपांगता भएका वडाबासी नागरिकलाई आगामी वर्षको बजेट छुट्टाई सक्दो सहयोग गर्ने बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं १५ ले विविध किसिमका अपांग भएका व्यक्तिहरुलाइ सक्दो सहयोग गरिरहेको बताउनु भयो । आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो । भरतपुर महानगरपालिका वडा नं १६ का महिला वडा सदस्य दुर्गा सोडारी रेग्मीले वडा नम्बर १६ मा भएका बौद्दिक अपांगता खोजी गरी उहाको अधिकार सुनिश्चितको लागी भरतपुर महानगरपालिका वडा नं १६ लागी  पर्ने बताउनु भयो । समाजसेवी कर्ण बहादुर सुवेदी लगायतको उपस्थिती थियो । उद्घाटन कार्यक्रम निर्मल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *