चैते दशैको रौनक देशैभर

Spread the love

भरतपुर, चितवन । चैते दशैं तथा रामनवमीको नवरात्रको शुरुवात प्रतिपदाको दिनबाट देशैभर मेला, जात्रा तथा श्रीमद्देवीभावत् नवाह भक्तिज्ञान महायज्ञ लगायतका कार्यक्रहरु हुँदै चैते दशैं तथा रामनवमीको नवरात्रको शुरुवात प्रतिपदाको दिनबाट देशैभर मेला, जात्रा तथा श्रीमद्देवीभावत् नवाह भक्तिज्ञान महायज्ञ लगायतका कार्यक्रहरु हुँदै यसै क्रममा माडीको सोमेश्वरगढीस्थित कालीका मन्दिरमा पूजा सहित मेला सुरु भएको छ । चैत शुक्ल प्रतिपदा अर्थात बुधबारदेखि मन्दिरमा पूजा कार्य सुरु भएको हो । नेपाल र भारतको सीमा क्षेत्रमा रहेको सो मन्दिरमा हरेक बर्ष चैते दशैंको अवसर पारी ९ दिनसम्म पूजाआचाका साथ भव्य चैतेदशैं मेला लाग्दै आएको छ । मेलामा बली दिन र पुजा गर्न दैनिक दशौं हजारको संख्यामा नेपाली र भारतीय भक्तजनहरु आउने गरेका छन् । पूजा व्यवस्थापनका लागि पिताम्बर पोखरेलको अध्यक्षता रहेको समिति क्रियाशील रहेको छ । सोमेश्वरगढी पुग्ने बाटोको मर्मत गरी सवारी साधनहरु पुग्न सक्ने बनाइएको छ भने मन्दिरस्थल सरसफाई, पिउनेपानीको व्यवस्था र अन्य आधारभूत काम गरिएको समितिका सहसचिव शुलभ बन्धु पोखरेलले जनाउनुभयो भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको हुँदा आजबाट नवरात्रको कार्यक्रम शुरुहुनु पूर्व भरतपुर ११ भित्र शोभायात्रा गरी कार्यक्रमको आरम्भ गरिएको छ । संयोजक श्रीधर लामिछानेले महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए । त्यसैगरी माडी नगरपालिका वडा नम्बर १ स्थित गोद्धकमा मेला को आजैबाट शुरुवात भएको छ जसमा प्रत्येक बर्ष रामनवमीको अवसरमा लाग्ने मेला यस बर्ष आगामी चैत्र १३ गतेदेखि लाग्न लागेको हो । ५ दिनसम्म चल्ने मेलाको तयारी समेत तिब्र पारिएको गोद्धक क्षेत्र विकाश समिति अध्यक्ष तुलसिंङ गुरुङले जानकारी दिनुभयो । मेलालाई पहिलेको भन्दा व्यवस्थित बनाउन तीन वटा उपसमिति बनाइएको छ । गुरुङका अनुसार, धार्मिक व्यवस्थापन, बजार व्यवस्थापन र खेलकुद व्यवस्थापन समिति बनाइएको हो । मेलामा विबिध साँस्कृतिक कार्यक्रम, खेलकुद, राम कथा वाचन हुने अध्यक्ष गुरुङले बताउनुभयो । मेलामा राम कथा बाचन सहित बेलुका आरती समेत हुनेछ । कथा बाचन चैतन विष्टले गर्दैहुनुहुन्छ । कुण्डमा स्नानको लागि छिमेकी देश भारतबाट पनि श्रद्धालु भक्तजन आउने गर्दछन् । कुण्डमा स्नान गरेमा जानअन्जानमा भएका पाप नास हुने धार्मिक विश्वास रहेकोछ । विशेषगरी गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्डमा ९परशुराम कुण्ड०स्नान गर्न आउने तिर्थालुलाई एक रात खान र बस्नको व्यवस्था रहेको अध्यक्ष गुरुङले बताउनुभयो । गोद्धकमा पाचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । परशुराम क्रषिलेआफ्नै आमाको हत्या गरेर पाप मोक्ष ९पाप पखाल्न० गर्न कुण्डमा पुगि स्नान गरेको धार्मिक विश्वास रहेको छ । औँशीको दिनदेखि गोद्धकमा रहेको पशुराम कुण्डमा स्नान सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो ।
महानगरको वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । दवाडीले यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको बताए । गैडाकोटमा कालिका मन्दिर, देवघाटधाममा लगायत देशैभर नवरात्र तथा चैते दशैंको शुरुवाती प्रतिपदाका दिनबाट मेला, जात्रा, महायज्ञ, कुण्डमा स्नान गरी धार्मिक मान्यता अनुसार पुण्यकर्म गर्ने विश्वास सहित भक्तजन तथा श्रद्धालुहरुको लगाव रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *