विश्वासको मत दिने सहमती

Spread the love

सत्ता साझेदार दस दलका शीर्ष नेताहरूको बैठकले संसद्मा प्रस्तुत गर्ने विधेयक र सरकारले विश्वासको मत लिने सन्दर्भमा एकमतसाथ प्रस्तुत हुने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सम्पन्न दस दलको बैठकले आइतबार संसद्मा प्रस्तुत हुने विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल ।।।प्रचण्ड’ नेतृत्वको सरकारले सोमबार विश्वासको मत लिने सन्दर्भमा एकमतसाथ प्रस्तुत हुने निर्णय गरेको हो । संसद् बैठकमा सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग, संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक, प्रतिनिधि सभाको नियमावली पेस गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री प्रचण्डले सोमबार संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई काम दिने र गतिशील बनाउने विषयमा सत्ता साझेदार दलबीच सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महŒवपूर्ण विधेयकलाई अघि बढाउनुपर्छ भन्नेमा दस दल एकमत छौँ । सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, बेपत्ता छानबिन आयोग र लामो समयदेखि निष्क्रिय भएको संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक पनि अघि बढाउने तयारी भइरहेको छ ।” उहाँले प्रतिनिधि सभाको नियमावली पनि अघि बढ्न नसकेकाले नियमावलीलाइ ैद्धान्तिक छलफलमा लैजाने र त्यसमा संशोधन आह्वान गर्ने बताउनुभयो । प्रमुख सचेतक लेखकले सङ्क्रमणकालीन न्याय निरूपणको विषयलाई सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाटै टुङ्गो लगाइने बताउनुभयो । उहाँले भन्नुभयो, “यो राजनीतिक दल विशेषको विषय होइन । यो सरकारको, कार्यपालिकाको, व्यवस्थापिकाको विषय वा सर्वोच्च अदालतको मात्रै विषय होइन, यो राष्ट्रको विषय हो । त्यसमा हामी राजनीतिक दलहरूमा मतान्तर छैनन् ।”उहाँले विधेयकभित्रको केही विषयवस्तुमा यसो गर्ने कि त्यसो गर्ने भन्ने आ–आफ्ना धारणा रहे पनि त्यसलाई छलफल गरेर टुङ्गोमा पुग्न सकिने बताउनुभयो । उहाँले गठबन्धनको संस्कृतिअनुसार सबैलाई मिलाएरै विधेयक अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “तर सङ्क्रमणकालीन न्यायको सन्दर्भ हामी सबैको सरोकार भएकाले सहमतिअनुसारै अघि बढ्नुपर्छ ।” बैठकमा कांग्रे स सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेपाल कम्युनिस् ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार ने पाल, ने पाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्ररय यादव, जनमाजवादी पार्टीका अध्यक्ष उपे न्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके ) राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष र ञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारी, आम जनता पार्टीका अध्यक्ष प्रभु साहसहितका ने ताहरू बै ठकमा सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *