“६६ औं प्रहरी दिवसकाे अवसरमा विविध कार्यक्रम”
६६ अाै प्रहरी दिवसकाे अवसरमा बागमती प्रदेश प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयचितवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले विविध कार्यक्रम गरी ६६ अाै प्रहरी दिवस मनाउने कार्यक्रम रहेकाे जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायब उपरिक्षक( डि एस पि) सुर्य थापाले बताउनु भयाे। बिबिध कार्यक्रम मध्ये- काेभिड १९ काे माहामारिमा माक्स नलगाई हिड्ने सर्बसाधारण बटुवाहरूलाई ” तपाँईकाे माक्स खाेई” ? कार्यक्रम अन्तरगत माक्स नलगाई हिड्नेलाई माक्स बितरण गर्नुकाे साथै जनचेतना जगाउने कार्यक्रम थियाे ।अक्सिजन बिना मानव बाच्न सकिदैन । प्रहरी शान्ति सुरक्षा मात्र हैन प्रहरी बृक्षाराेपण गर्छ भन्दै( एक प्रहरी एक बिरुवा ) कार्यक्रमका साथ बृक्षाराेपण गरिनुकाे साथै बिरुवा संरक्षण कार्यक्रम रहेकाे बताउनु भयाे। धार्मि्क स्थल मन्दिर, सरसफाई गरिनुकाे साथै धार्मिक भावना जगाउने कार्यक्रम समेत गरिएकाे बताउनु भयाे। रगत नपाएर छटपट्यएका सर्बसाधरणकाे लागि रगत अभाव नहाेस् भनी रत्तदान कार्यक्रममा प्रहरी पत्रकार कर्मचारी सर्बसाधरण सहित ३७ जनाले रक्त्तदान गर्नु भयाे भने प्रहरी सुरक्षामा मात्र हैन अनाथ आश्रम, वृद्ध आश्रम, मानव आश्रम पुगि हेरचाह र गुनासाे सुनी फलफुल बितरण गरिएकाे थियाे। प्रहरी दिवसकाे अवसरमा आन्तरिक खेलकुद र १९,२० , २१ , मा प्रहरी चाैकि, ईलाका प्रहरी कार्यलय वडा प्रहरी कार्यलय , जिल्ला प्रहरी कार्यलय , ब्यारेक, मुख्यालय ,प्रहरी प्रधान कार्यलयमा ६६ अाै प्रहरी दिवसकाे उपलक्ष्यमा दिप प्रजलन कार्यक्रम गरि मनाउने चितवन प्रहरी कार्यलयका सुचना अधिकारी सुर्य थापाले जानाकारी दिनु भयाे।