नवजागृति सामुदायिक वन उपभोक्ता समूहको रजत महोत्सव २०८० को शुभारम्भ

Spread the love

 

”डढेलोबाट वन जोगाऔं” भन्ने नारा सहित श्री नवजागृति सामुदायिकवन उपभोक्ता समूह, भरतपुर – ११ चितवनले वन डढेलो व्यबस्थापन जनचेतना सप्ताहव्यापी २०७९ को अवसरमा आजमिति २०७९ साल चैत ०३ गते शुक्रवारका दिन वन जोगाऔं डढेलो लागी हालेमा सम्पूर्ण उपभोक्ताहरु मिली तुरुन्त निभाऔं, भन्दै नवजागृति सामुदायिक वन उपभोक्ता समूहको रजत महोत्सव २०८० को शुभारम्भ गरेको छ ।

          स्थापना कालको २५ औं वसन्त पार गर्दै गरेको उपलक्ष्यमा श्री नवजागृति सामूदायिकवन उपभोक्ता समूह भरतपुर – ११, चितवनको कार्यसमितिको मिति २०७९ माघ १६ गते समूहको कार्यालयमा अध्यक्ष श्री देव कुमार गुरुङ्गको अध्यक्षतामा बसेको पूर्ण बैठकबाट कार्यसमितिका अध्यक्ष श्री देव कुमार गुरुङको अध्यक्षतामा रजत जयन्ती समारोह सम्पन्न गर्न आवश्यक पर्ने सबै किसिमका प्रकृया पूरा गर्न आवश्यक पर्ने सरसल्लाह वा निर्णय लिन सक्ने गरी एक बृहत किसिमको मूल समिति गठन गर्ने निर्णय ग¥यो जस अनुसार उक्त मूल समारोह समितिमा कार्यसमितिका सबै पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, भरतपुर – ११ का वर्तमान वडाध्यक्ष, पूर्ववडाध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, कानुनी सल्लाहकारहरु, लेखा समिति, अनुगमन समिति, हाल कार्यरत कर्मचारीहरु समेतको मूल समारोह समिति गठन गरी २०७९ साल फागुन २८ गते एक बृहत भेला बोलाइएकोमा सो भेलाबाट परिषद् सदस्यहरु, स्थापनाकालदेखिका (संस्थापक) हालसम्मका सबै अध्यक्ष, पदाधिकारीहरु, सदस्यहरु, कर्मचारीहरु र यस श्री नवजागृति सामूदायिकवन उपभोक्ता समूहका रही विशेष योगदान गर्नुहुने महानुभावहरु, वनसँग विशेषज्ञता हासिल गर्नुभएका यस वडाका उपभोक्ताहरु समेतको सहभागिता हुने गरी मूल समारोह समिति गठन गर्ने समेतको सल्लाह र सुझाबहरु आएको तथा २०७९—२०८० लाई रजत जयन्ति वर्षको रुपमा मनाउने, त्यसको लागि आवश्यक आर्थिक व्यबस्थापनमा कार्यसमितिको योजना अनुसार मूल समारोह समितिले आवश्यक राय सुझाव सहित आर्थिक व्यबस्थापन उपसमिति गठन गरी सोही अनुसार अगाडि बढिने, कार्यक्रम भव्य र सव्य रुपमा मनाउने लगायत सुझाबहरु भेलाले पारित गरेको थियो । सो को जानाकारी कार्यसमितिका उपाध्यक्ष श्री नारायण बहादुर के.सी. ले सफल भविष्य चिरफार खवरका सह सम्पादक तथा समूहका कानूनी सल्लाहकार समेत रहनुभएका अभिबक्ता श्री पूर्ण चन्द्र चापागाईलाई बताउनु भएको हो ।

          श्री नवजागृति सामूदायिकवन उपभोक्ता समूह भरतपुर – ११, चितवनको कार्यसमितिले तयार गरेका कार्यक्रमहरु मध्ये रजत जयन्ती मूल समारोह समितिको भेलाले पारित  गरेका विषयभित्र प्रचार प्रसार, जनचेतना अभिबृद्धिमध्येमा जनचेतनामूलक कार्यक्रम आज मिति २०७९ चैत ०३ गते शुक्रवारका दिन वडास्तरीय मोटरसाइकल  ¥याली हुनु पूर्व कार्यसमितिका उपाध्यक्ष श्री नारायण बहादुर के=सी=ले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर – ११ का वडाध्यक्ष कमल मल्लले ¥याली शुरुवात भएको उद्घाटन गर्नुभएको थियो भने उक्त अवसरमा ¥याली व्यवस्थापन उपसमितिका संयोजक श्री मान बहादुर गुरुङले रुटको बारेमा जानाकारी गराउनु भएको थियो । कार्यसमितिका अध्यक्ष श्री देव कुमार गुरुङ्गले रजतमहोत्सव समारोहको आधिकारीक शुभारम्भ भएको समेत जानाकारी गराउनु भएको थियो । श्री नवजागृति सामूदायिकवन समूहको कार्यालयबाट शुरुभई जङ्गछेउ हुँदै लामाटोल, जखडीमाई, गणेशस्थान, सिद्धार्थटोल, बसेनीचो हुँदै, विशालचोक, सल्लेरीचोक, विशालचोक हुँदै पदमपुरबाइपासरोड, काँटी फ्याक्ट्री हुँदै समझदारी बचत भोजाडको बाटो हुँदै बीचको बाटोबाट वडा नम्बर १२ को मालपोतचोकबाट आउने बाटोमा पुगेर जङ्गलछउको बाटोबाट कमलादेवी मन्दिर हुँदै पुनः श्री नवजागृति सामूदायिकवन समूहको कार्यालयमा आई कार्यसमिति अध्यक्ष श्री देव कुमार गुरुङ्गबाट आजको कार्यक्रम समापन भएको थियो ।

     रजत जयन्ति समारोहलाई भव्य र सभ्य बनाउनको लागि मूल समारोह समितिको सल्लाह बमोजिम कार्यसमितिले विभिन्न उपसमितिहरु गठन गरेको छ जसमध्ये व्यबस्थापन उपसमिति, स्मारिका प्रकाशन उपसमिति, आर्थिक व्यबस्थापन उपसमिति, अतिरिक्त क्रियाकलाप उपसमिति, मञ्च व्यबस्थापन उपसमिति, स्वागत उपसमिति, मातृशक्ति परिचालन उपसमिति, स्वास्थ्य शिविर उपसमिति, रक्तदान उपसमिति हरेक किसिमका कामलाई चुस्तदुरुस्त बनाउन एक सचिवालयको पनि व्यबस्था गरेको छ । यस श्री नवजागृति सामूदायिकवन उपभोक्ता समूहले रजत जयन्तिको पूर्व सन्ध्यामा२०७९ साल फागुन ५ गते शुक्रवार बिहान – ०५M२२ बजेबाट २०७९ साल फागुन ९ गते मंगलवारका दिनसम्म श्री नवजागृति सामूदायिकवन उपभोक्ता समूहको कार्यालयबाट शुरुभएको अध्ययन, अवलोकन भ्रमणको यात्रा मुग्लिङ्ग, गल्छीहुँदै नुवाकोटदरवार, त्यहाँबाट काठमाण्डौं, ललितपुर, भक्तपुरको टोखा शिवको बृहत मूर्ति दर्शन गरी धुलिखेलमा बास बसी, बिहान काभ्रेको बनेपा बजार हुँदै बनेपा – १३ भैसेपाटीको बाटो हुँदै श्री बासुकी सामुदायीकवन, इन्द्रावती, दोलालघाट, सिन्धुपाल्चोक जिल्ला ठोकर्पा गाउँपालिका वडा नम्बर १ ठोकर्पा, सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका वडा नम्बर १ ठोकर्पामा रहेको रतुवापाटी बाजथलो सामुदायीक वन, कुरी बजारहुँदै कालिञ्चोक भगवती, भिमेश्वर महादेव दर्शन, सामुदायीक वन उपभोक्ता समिति महासंघ, रामेछाप, सानीमदौ सामूदायीक वन उपभोक्ता समिति, खोटाङ हलेसी, भिमेश्वर महादेव, सिन्धुलीगढी, सेल्फीडाँडा हुँदै, बर्दिबास, सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर १२ भरतताल, लालबन्दी, २०६६मा स्थापित बारा जिल्ला निजगढ – ८ को श्री बकैया नागमणी सामूदायिक वन उपभोक्ता समितिबाट हेटौडा शहिद स्मारक पार्क अध्ययन, अवलोकन सकी बेलुकी समूहको कार्यालय हँुदै आ–आफ्नो घरमा पुगेका थिए ।   कार्यसमितिका अध्यक्ष सहित २४ सदस्यीय अध्ययन तथा अवलोकन भ्रमणमा सहभागीहरु रहेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *